जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
वि.सं.२०७७ असार २५ बिहीवार १६:४१
1.3K
shares
काठमाडौं: राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल एकता भएर बनेको जनता समाजवादी पार्टी (जसपा) ले औपचारिक रूपमा आधिकारिकता पाएको छ ।
सरकारले केही समयअघि दल विभाजन गर्न सजिलो हुने गरी ल्याएको अध्यादेशसँगै राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको थियो । दुई दलले एकताको प्रक्रिया पुऱ्याई निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।
आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको र आन्तरिक तयारी सकेर जसपालाई दल दर्ताको प्रमाणपत्र दिने निर्वाचन आयोगले जनाएको छ ।
वि.सं.२०७७ असार २५ बिहीवार १६:४१




















