नेपालमा कोरोना संक्रमितको संख्या घट्दै, हालसम्म संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो
वि.सं.२०७७ असार २५ बिहीवार १७:२३
1.4K
shares
काठमाडौं: नेपालमा कोरोना भाइरस संक्रमितको संख्या संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टाको परिक्षणमा थप १ सय ८ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार २ सय ५५, मंगलबार २ सय ४ र सोमबार १ सय ८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।
पछिल्लो समय कोरोना संक्रमण घट्नुका साथै क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको संख्या पनि घट्दै गएको छ । सोहि क्रममा संक्रमण घट्दै जादा जनजीवन सामान्य बन्दै गएको र भिडभाडले अझ खतरा हुन सक्ने सचेत गराउँदै संक्रमण घट्दैमा संक्रमणको जोखिम नघट्ने भएकोले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार पाँच सय ८८ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको हो।
स्वास्थ्य मन्त्रालयले
अहिले क्वारेन्टाइनमा २४ हजार ४ सय २५ जना रहेका छन् भने आठ हजार ६ सय ५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टा एक सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने सात हजार आठ सय ९१ पुगेको छ।
वि.सं.२०७७ असार २५ बिहीवार १७:२३




















