Health Ad
YouTube Link

सुखानीबाट नेकपा अध्यद्वयको सन्देश, एकता र सरकार कमजोर पार्ने प्रयासबारे सचेत छौं

Khanepani Dhal
Facebook Link

काठमाडौं: २०२९ साल फागुन २१ गते पाँचजना क्रान्तिकारी युवालाई तत्कालीन पञ्चायती शासकले झापा इलामको सीमावर्ती सुखानीमा एकै ठाउँमा गोली हानेर मारेको सम्झनामा हरेक वर्ष सुखानी सहिद स्मृति दिवस मनाउने गरिएको छ ।

शहीदको सम्झना गर्न झापाको सुखानी पुगेका नेकपाका दुवै अध्यक्षले पार्टी एकता र सरकार कमजोर पार्न भैरहेका गतिविधिप्रति आफूहरु सचेत रहेको बताए ।

पञ्चायती शासनविरुद्ध सुरु भएको विद्रोहका क्रममा तत्कालीन सरकारले झापाबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल, बीरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीमा लगेर मारेको थियो । यो वर्ष भने दिवस मनाउन सत्तारुढ नेकपाका दुवै अध्यक्ष केपी ‌ओली र पुष्पकमल दाहाल सुखानी पुगे ।

क्रान्तिकारी योद्दाले सहादत प्राप्त गरेको स्थल सुखानीमा सहिदकै सङ्ख्यामा पाँचवटा रुख संरक्षित छन् । त्यसलाई सुखानी पार्क भन्ने गरिएको छ । प्रधानमन्त्री ओलीले सहिदको सपना पूरा हुन नदिने गरी पार्टी एकता विथोल्ने र सरकारलाई कमजोर बनाउन भइरहेका प्रयासप्रति आफू सचेत रहेको बताए ।

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि शीर्ष दुई नेता पहिलो पटक सुखानीमा पुगेका हुन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सुखानी र जनयुद्धका सहीदलाई एकीकृत नगरे नेपालको कम्युनिष्ट आन्दोलन निर्णायक तहमा नपुग्ने आफ्नो पूर्ववत निष्कर्ष सार्थक सावित भएको दावी गरे । पार्टी एकता भाँड्न भैरहेका प्रयासबारे सचेत रहेको बताउँदै उनले शहीदको सपना साकार पार्न कम्युनिष्ट आन्दोलनको एकता बाहेक पदीय हिसावले आफूलाई कुनै लोभ नभएको दावी गरे ।

नेपालका कम्युनिष्टका लागि फागुन २१ राजनीतिक क्रान्तिको सुत्रपात भएको दिनको स्मरण पनि हो । त्यो दिन बगेको रगतले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन ठूलो भूमिका खेलेको मानिन्छ ।।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले गिरावट

वि.सं.२०८१ चैत १० आइतवार १७:२९

काठमाडौं: निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो...

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...