YouTube Link

मुलुक संघीय संरचनामा गएपछिको संघीय संसदको पहिलो बैठक एक वर्ष पुरा

Facebook Link

काठमाडौं: मुलुक संघीय संरचनामा गएपछिको संघीय संसदको पहिलो बैठक बसेको मंगलबार एक वर्ष पूरा भएको छ । चुनापछि गठन भएको अहिलेको संघीय संसदको पहिलो बैठक २०७४ साल फागुन २१ गते शुरु भएको थियो ।

संसद बैठक शुरु भएपनि संसद कार्यसञ्चालन नियमावली भने ३ महिनापछि अर्थात् गत जेठ २५ गते मात्रै संसदबाट पारित भएको थियो । यसबीचमा संसदका २ वटा अधिवेशन समेत सम्पन्न भइसकेका छन् । संसदको तेस्रो अधिवेशन जारी छ ।

गत वर्ष मंसिर १० र २१ गते दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको थियो । प्रतिनिधिसभाको निर्वाचनपछि ठुलो दलको हैसियतमा फागुन ३ गते प्रधानमन्त्रीमा केपी ओली चयन भएका थिए भने संसद बैठक फागुन २१ गते पहिलो पटक बसेको थियो ।

संसद बैठक बसेको एक वर्षभित्र संविधानसँग बाझिएका सवै कानून निर्माण तथा संशोधन गरिसक्नु पर्ने बाध्यात्मक अवस्थामा संसदले सफलता प्राप्त गरेको छ । कूल ३३९ कानून संशोधन तथा निर्माण गर्नुपर्नेमा फागुन १९ गतेभित्र केही नेपाल ऐनको संशोधन गर्दै कानूनलाई संविधान अनुकुल बनाएको हो ।

यही बैठक बसेको आधारमा एक बर्षभित्र संविधान कार्यान्वयन गर्न बाझिएका तथा नयाँ निर्माण गरिसक्नुपर्ने संवैधानिक बाध्यात्मक अवस्था थियो । मौलिक हक सम्वन्धि १७ कानून नियम निलम्वन गरेर यसअघिको दोस्रो अधिवेशनबाट पारित गरेको संसदले संविधानसँग वाझिएका केही कानून संशोधन तथा केही नयाँ निर्माण गरेको हो । फागुन १९ गतेको संसद बैठकमा नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेसँगै सबै कानून संविधान अनुकुल बनेका हुन् ।

संसदका दुबै संसद प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेसँगै आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरिसकेकी छिन् । फागुन २१ बाट पाँच वर्ष कार्यकाल सुरु भएको संघीय संसदले मंगलबार वर्षे कार्यकाल पूरा गरेको हो । हाल संघीय संसदको तेस्रो अधिवेशन जारी छ ।

१६५ प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट ११० गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ भने राष्ट्रियसभा ५९ सदस्यीय छ । निर्वाचनको समयमा सहकार्य गरेका दुई कम्युनिष्ट पार्टी तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकिकरण गरिसकेका छन् । दुवै सदनमा उनीहरुको स्पष्ट बहुमत छ । प्रतिपक्षी बनेको कांग्रेसको अवस्था संसदमा कम्जोर देखिदै आएको छ ।

संसदमा कानून निर्माणका दृष्ट्रिले चिकित्सा शिक्षा विधेयकमा बाहेक सत्तापक्ष र प्रतिपक्षबीच कुनै मनमुटाव देखिएन । प्रतिपक्ष दलले संविधान निर्माणमा सघाएको थियो भने सरकारले प्रदेश र स्थानीय तह सञ्चालनको कानून निर्माणमा केही ढिलाई गरेको थियो । संघीय संसदको अधिवेशन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

पहिलो अधिवेशनमै संसदीय संसदले राष्ट्रपति, उपराष्ट्रपतिसहित सभामुख, राष्ट्रियसभाको अध्यक्ष उपाध्यक्ष, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित भएका थिए । तर एक बर्ष पुरा हुदाको दिनमा भने संसद पुर्ण संचालन हुन सकेन । दुवै संदन पुर्व उपप्रधामन्त्रीको निधनप्रति सोक प्रस्ताव पारित गर्दै स्थगित भयो । संविधानमा उल्लेख भएका अधिकार संघले नबनाइदिएको भनेर प्रदेश र स्थानीय तहले अहिले पनि अधिकार खोजिरहेका अवस्थामा अब संघीय संसदले त्यतातर्फ ध्यान दिनु जरुरी छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...