YouTube Link

रियल मड्रिडलाई ४-१ गोल अन्तरले पराजित गर्दै आयाक्स क्वाटरफाइनलमा

Khanepani Dhal
Facebook Link

डच क्लब आयाक्सले रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा उत्कृष्ट प्रदर्शन गर्दै रियल मड्रिडमाथि ४-१ गोल अन्तरको जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समग्रमा ५-३ को जित दर्ता गरेको आयाक्सले २२ वर्षपछि नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो लेगमा २-१ ले पछाडी परेको आयक्सले खेलको सातौं मिनेटमा हाकिम जिएकको गोलमा स्कोर बराबरी गरेको थियो । १८ औं मिनेटमा डेविड नेरेसले गोल गर्दै पाहुना टोलीलाई समग्रमा अग्रता दिलाए । दुवै गोलमा मिडफिल्डर डुसान टाडीचले असिस्ट दिएका थिए ।

लगातार चौथो च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा रहेको रियल ७२ औं मिनेटमा मार्को एसेन्सियोको गोलसँगै खेलमा पुनरागमन गर्ने सम्भावना देखिएको थियो । तर त्यसको दुई मिनेटमा लासे स्कोनेले फ्रिकिकमा दर्शनीय गोल गर्दै आयाक्सको जित पक्का गरे । प्रतिबन्धमा रहेका डिफेन्डर सर्जियो रामोसबिना उत्रिएको रियल खेल अवधिभर समस्यामा देखिएको थियो । इन्ज्युरी समयमा नाचो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

आयाक्स घरेलु मैदानमा २-१ ले पछाडी रहेर पनि खेल उल्ट्याउने पहिलो टोली बनेको छ । सन् २०१२-१३ मा चेल्सीपछि साविक विजेता क्वाटरफाइनलमा नपुगेको यो पहिलो पटक हो । रियलले युरोपेली खेलअन्तर्गत घरेलु मैदानमा भोगेको यो फराकिलो हार हो । आयाक्सले अग्रता लिएको पछिल्लो ४८ च्याम्पियन्स लिग खेलमा पराजय भोगेको छैन ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

वि.सं.२०८२ असार ४ बुधवार ०५:३८

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको तेस्रो...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०९:१४

काठमाडौं: विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गतको पहिलो खेलमा...

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०८:५४

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग आज दोस्रो खेल...

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

वि.सं.२०८२ जेठ १६ शुक्रवार १२:०७

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग (आज) मे ३०...

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

वि.सं.२०८२ जेठ १० शनिवार २१:४९

काठमाडौं: नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अवसरमा बक्स अफिस...