YouTube Link

रियल मड्रिडलाई ४-१ गोल अन्तरले पराजित गर्दै आयाक्स क्वाटरफाइनलमा

Facebook Link

डच क्लब आयाक्सले रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा उत्कृष्ट प्रदर्शन गर्दै रियल मड्रिडमाथि ४-१ गोल अन्तरको जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समग्रमा ५-३ को जित दर्ता गरेको आयाक्सले २२ वर्षपछि नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो लेगमा २-१ ले पछाडी परेको आयक्सले खेलको सातौं मिनेटमा हाकिम जिएकको गोलमा स्कोर बराबरी गरेको थियो । १८ औं मिनेटमा डेविड नेरेसले गोल गर्दै पाहुना टोलीलाई समग्रमा अग्रता दिलाए । दुवै गोलमा मिडफिल्डर डुसान टाडीचले असिस्ट दिएका थिए ।

लगातार चौथो च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा रहेको रियल ७२ औं मिनेटमा मार्को एसेन्सियोको गोलसँगै खेलमा पुनरागमन गर्ने सम्भावना देखिएको थियो । तर त्यसको दुई मिनेटमा लासे स्कोनेले फ्रिकिकमा दर्शनीय गोल गर्दै आयाक्सको जित पक्का गरे । प्रतिबन्धमा रहेका डिफेन्डर सर्जियो रामोसबिना उत्रिएको रियल खेल अवधिभर समस्यामा देखिएको थियो । इन्ज्युरी समयमा नाचो फर्नान्डेज दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

आयाक्स घरेलु मैदानमा २-१ ले पछाडी रहेर पनि खेल उल्ट्याउने पहिलो टोली बनेको छ । सन् २०१२-१३ मा चेल्सीपछि साविक विजेता क्वाटरफाइनलमा नपुगेको यो पहिलो पटक हो । रियलले युरोपेली खेलअन्तर्गत घरेलु मैदानमा भोगेको यो फराकिलो हार हो । आयाक्सले अग्रता लिएको पछिल्लो ४८ च्याम्पियन्स लिग खेलमा पराजय भोगेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...