YouTube Link

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

Facebook Link

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ । सौराहास्थित सभा हलमा हुने बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिए ।

 

बैठकमा केन्द्रीय समिति सहित प्रदेश, जिल्ला तथा क्षेत्रका पदाधिकारीहरू प्रतिनिधिकारुपमा सहभागी हुँदै छन् । विस्तारित बैठकमा सहभागीताका लागि पार्टीले पन्ध्र सय रुपैयाँ शुल्क तोकेको छ । तर त्यसभन्दा अघि पार्टीका केन्द्रीय सदस्य, विभागका पदाधिकारी तथा सदस्यहरूले अनिवार्य लेबी तिरेको हुनुपर्ने रास्वपाका कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।

 

रास्वपाले केन्द्रीय सदस्यका लागि वार्षिक २५ हजार रुपैयाँ र विभागका सदस्यहरूका लागि १५ हजार रुपैयाँ तोकेको छ । तर कोषाध्यक्ष अधिकारीका अनुसार पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागका सदस्यहरूले हरेक आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र अर्थात् असोज महिनाभित्र लेबी तिरिसक्नुपर्ने हो । तर रास्वपाका आधा बढी केन्द्रीय सदस्यले लेबी तिरेका छैनन् । रास्वपामा अहिले ६२ जना केन्द्रीय सदस्य छन् । तर, सांसद भइसकेकी तोसिमा कार्की र गणेश कार्कीले पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी, केन्द्रीय सदस्य तथा कुनैपनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी लेबी तिर्न नसक्ने निवेदन दिएमा उनीहरूले लेबी तिर्नु पर्दैन ।

 

कार्की असोज २७ सम्म सांसद थिइन् । यस्तै अर्का केन्द्रीय सदस्य गणेश कार्कीले पनि आर्थिक अवस्था उल्लेख गर्दै लेबी तिर्न नसक्ने निवेदन कोषाध्यक्षलाई बुझाएका छन् । रास्वपा कोषाध्यक्ष अधिकारीका अनुसार पार्टीको मुख्य आयस्रोत नेता कार्यकर्ताको लेबी नै भएकाले विस्तारीत बैठकमा लेबीलाई कडाइका साथ लागु गरिएको छ । बैठकमा प्रतिनिधि बन्नका लागि लेबी अनिवार्य गरिएको छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०७:३८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन्...

मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली पर्व मनाउँदै, नेवार समुदायले पनि योमरी पर्व मनाउँदै

मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली पर्व मनाउँदै, नेवार समुदायले पनि योमरी पर्व मनाउँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०६:५९

काठमाडौं: मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली सकेला, लिम्बुहरूको...

हेर्नुहोस् आज २०८२ मंसिर १८ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर १८ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०६:३८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

वि.सं.२०८२ मंसिर १७ बुधवार १२:०१

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२ औं खेलमा आज...

हेर्नुहोस् आज २०८२ मंसिर १७ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर १७ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर १७ बुधवार ०६:४३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

वि.सं.२०८२ मंसिर १५ सोमवार १२:१६

काठमाडौं: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रहरी प्रधान...