YouTube Link

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

Facebook Link

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ । बाहिरी भेटघाट गर्नुपरेमा अनिवार्य स्वीकृति लिन भनिएको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरू, राजनैतिक दलहरूका नेतृत्व तथा पदाधिकारीलगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरूमा भेटघाट गर्न कडाइ गरिएको छ ।

 

सशस्त्र प्रहरी कर्मचारीहरूले कूटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश स्वीकृत गरी लागु गरिएको हुँदा सोको पालना गर्न भनिएको छ । जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न उच्च पदस्त व्यक्तित्वहरू, सामाजिक अभियन्ता लगायतका विभिन्न सञ्चारमाध्यमहरूलाई संगठनका निर्दिष्ट लक्ष्य तथा योजनाहरूमा प्रतिकूल हुने गरी आफ्नो व्यक्तिगत लाभ र अवसरहरू तथा संगठनका गोप्य सूचनाहरू अनधिकृत रूपमा प्रकाशन गरेको पाइएमा कडा कारबाही गरिने भनिएको छ ।

 

‘राज्यप्रदत्त जिम्मेवारीहरूमध्ये विशेष गरी आतंककारी गतिविधि नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा सीमा सुरक्षा जस्तो महत्त्वपूर्ण जिम्मेवारीलाई ध्यानमा राखी कार्य गर्नुपर्ने भएको हुँदा अनधिकृत रूपमा गरिने भेटघाटले सांगठानिक मर्यादामा खलल मात्र नभई राष्ट्रिय सुरक्षा एवं अखण्डतामा समेत असर पर्ने भएकोले यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा निरुत्साहित गरी अघि बढ्ने संगठनको लक्ष्य रहेको छ,’ सशस्त्रले भनेको छ ।

 

सांगठानिक हित र आवश्यकताको कारण सूचना आदान प्रदान गर्नुपरेमा स्थायी आदेशमा उल्लेखित अनुसूची अनुरुप फाराम भरी सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्वस्वीकृत लिई भेटघाट गर्न सकिने उल्लेख गरिएको छ । मिडियाँकर्मीसँग छलफल, भेटघाट एवं अन्य तरिकाबाट मर्यादापूर्वक सूचना प्रकाशन गर्न प्रवक्ताको कार्यालयबाट गर्न सकिने डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

कसैको दबाब र भनसुनले राम्रो अवसर दिन नसकिने बताइएको छ । ‘फौजी संगठनमा अनुशासित, मर्यादित र आदेशको पालना हुनैपर्छ, संगठनमा कार्यरत जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको मान, प्रतिष्ठा, इज्जत त्यति नै हुने हुँदा कुनै एक कर्मचारीले गरेको गल्तीले व्यक्तिको मात्र नभई संगठनको समेत बदनाम हुन्छ,’ सशस्त्रले सूचना जारी गर्दै भनेको छ । सशस्त्रले कुनै एक कमाण्डरले देखाएको निरीहता, अकर्मण्डयता र असक्षमताको भार संगठनले बोक्न नसक्ने स्पष्ट पारेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...