YouTube Link

हायु परिवारलाई आधारहिन प्रचारले अनावश्यक हैरानी दियो

Facebook Link

काठमाडौं: हायू समाज नेपालले उर्मिला हायुको परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई पूर्वाग्राही ढंगले गलत टिप्पणी भएको भन्दै आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेको छ । समाजले आज एक विज्ञप्ती जारी गर्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका-३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर पूर्वाग्राहीपूर्ण गलत टिप्पणी गरेको भन्दै आपत्ती जनाएको हो ।

 

आधारहिन प्रचारले हायु परिवारलाई हैरानी  दिएको मात्र नभई समुदायको भावना र सम्मानमाथि प्रहार भएको बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ निवासी हायु समुदायका १६ सदस्यीय उर्मिला हायूको परिवार केही समयदेखि सम्पर्कविहीन भएका थिए । सिन्धुलीबाट सम्पर्कविहिन भएका परिवार पोखरामा सकुशल भेटिएका थिए । उनीहरुले श्रमिक कामको सिलसिलामा आफ्नो घर सिन्धुलीबाट पोखरा आएको जानकारी प्रहरीसमक्ष दिएका छन् । यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको भन्दै खेद पकट गरेका छन् ।

 

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आग्रह पुर्वागढ़पुर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र विकृत मानसिकताको उपज बाहेक अरु केही हैन हाम्रो हावू समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानमा जीवनयापन गरि आएको आदिवासी समुदाय हो यस्तो आधार बिहान र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मान माथि प्रहार भएको अनुभूति हामीले गरेका छौं ।’ समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् ।

विज्ञप्तीः

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...