YouTube Link

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

Facebook Link

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट सुनका गहना र नगद चोरी गरेर बाँके जिल्लाको कोहलपुर नगरपालिका-११ मा रहेको होटल न्यू कालीकोटेमा कोठा भाडामा लिई बसेका ६ जना पक्राउ परे । इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले होटल न्यू कालीकोटेको कोठा नम्बर ८ बाट उनीहरुलाई पक्राउ गरेको जानकारी इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले दिएकी छिन् ।

 

पक्राउ पर्नेमा कालीकोट जिल्लाको रासकोट नगरपालिका-१ का मनबहादुर शाही, तेजबहादुर शाही, कालीकोट जिल्लाकै सान्नी त्रिवेणी गाउँपालिका-८ का पंकज केसी, प्रेमबहादुर खत्री, अनिता खत्री, नरहरिनाथ गाउँपालिका-९ की सरिता शाही रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १५ तोला २५ लाल (पत्थरसहित) सुनका गर-गहना, ७ लाख ८७ हजार नेपाली रुपैयाँसमेत बरामद गरी निजहरु माथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्र.ना.उ. लक्ष्मी खनाल

 

प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले इलाका प्रहरी कार्यालय कोहलपुरअन्तर्गतका क्षेत्रमा अपराध नियन्त्रण गरी शान्ति-सुरक्षा र अमन-चैन चुस्त-दुरुस्त राख्ने सवालमा कुनै सम्झौता नगर्न आफूमातहतका प्रहरीहरुलाई कमाण्ड सम्हाल्दै अह्राएकी हुन् । प्रहरी नायब उपरीक्षक खनालको त्यहाँ सरुवा हुँदै गर्दा कोहलपुरबासीमा महिला प्रहरी नायब उपरीक्षकको कमाण्डमा कोहलपुरमा थप शान्ति-सुव्यवस्था कायम हुने चर्चा चलेको थियो । तर, प्रहरी नायब उपरीक्षक खनालले भनेकी थिइन्- ‘महिला-पुरुष भन्ने हुँदैन । हाम्रो काम जसरी पनि समाजलाई सुरक्षित राख्ने नै हो ।’

 

कोहलपुरबासीको सदीक्षालाई साकार पार्न इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनाल यतिबेला अपराधविरुद्धको निर्मम एक्सनमा छिन् । कुनै पनि किसिमका अपराधका हर्कत सह्य नहुने, त्यसविरुद्ध प्रहरी निर्ममरुपमा प्रस्तुत हुने जनाउ उनले कार्यभार सम्हाल्दै गर्दा दिएकी हुन् । आफ्नो इलाकालाई शान्त र सुरक्षित राख्न प्रहरी नायब उपरीक्षक खनालले देखाएको अग्रसरताको कोहलपुरबासीले खुलेरै प्रशंसा गरेका छन् । समुदायका विभिन्न क्षेत्रको समेत सक्रिय सहभागिता जुटाएर समुदाय-प्रहरी साझेदारीमा समाजलाई शान्त र सुरक्षित राख्न सकिने दृढमान्यताका साथ प्रहरी नायब उपरीक्षक खनाल क्रियाशील रहेको कोहलपुरबासीहरु बताउँछन् ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

वि.सं.२०८२ भदौ ३० सोमवार १३:०५

काठमाडौं: साफ यु-१७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आजदेखि सुरु हुँदैछ...

शीतल निवासमा तीन नवनियुक्त मन्त्रीले लिए शपथ

शीतल निवासमा तीन नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८२ भदौ ३० सोमवार १२:४८

काठमाडौं: तीन नवनियुक्त मन्त्रीले आज शीतल निवासमा आयोजित समारोहमा पद...

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

वि.सं.२०८२ भदौ २९ आइतवार १७:३३

काठमाडौं: भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा...

३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार

३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार

वि.सं.२०८२ भदौ २९ आइतवार १७:१६

काठमाडौः यही भदौ २३ र २४ गते जेन-जी प्रदर्शनपछि सिर्जित...

जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा

जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा

वि.सं.२०८२ भदौ २९ आइतवार १४:२८

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा र परिवारलाई...

नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल

नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल

वि.सं.२०८२ भदौ २९ आइतवार १३:५०

  भ्रष्टाचार र बेथितिविरुद्ध जुरुक्क उठेको जेन-जी पुस्ताले २४ घण्टा...