YouTube Link

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

Facebook Link

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस ओखलढुंगा तथा जिल्ला विकास समितिका पूर्व सभापति एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि महेशकुमार कोर्मोचाको गएराति निधन भएको छ ।

 

लामो समयदेखि प्रोस्टेटको समस्याले थलिएका कोर्मोचाको निमोनियाबाट निधन भएको बीएन्डबी अस्पतालले जनाएको छ । टिमुरबोटे काण्डबाट बालबाल बच्न सफल उनलाई जिउँदो सहिद भनेर पनि चिन्ने गरिन्छ । कोर्मोचालई पञ्चायती कालखण्डमा मृत्युदण्डको सजाय सुनाइएका र ब्रिटिस सेनाको जागिर छाडेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेका आन्दोलनका योद्धा लामो समय जेल र प्रवासमा जीवन बिताएका नेपाली कांग्रेस ओखलढुंगाका पूर्व पार्टी सभापति, जिविस सभापति समेत भएका थिए । दुई पटक ओखलढुंगा जिल्ला सभापति समेत रहेका कोर्मोचा बीपी कोइरालासँग जोडिने थोरैमध्येका एक व्यक्ति हुन् ।

 

यस्तो छ पार्टीमा उनले हाँसिल गरेको अनुभव

– सदस्य, जिल्ला कार्य समिति नेपाली कांग्रेस ओखलढुंगा (२०२४–०३७)

– कमाण्डर, सशस्त्र आन्दोलन (२०३१)

– साङ्गठन सचिव, नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगा (२०३७–०३९)

– प्रचार प्रसार सचिव, नेपाली कांग्रेस ओखलढुंगा (२०३९–०४४)

– सचिव (जिल्ला समिति) नेपाली कांग्रेस ओखलढुंगा (२०४४–०४९)

– सदस्य गाउँ विकास समिति खिजी (२०४३-०४६)

– जेल जीवन (२०२७–०३३ सम्म दुइ पटक भारतमा समेत गरी दश पटक गिरफ्तारी)

– जेल जीवन, (२०३३–०३७ सम्म लगातार ५ वर्ष

– ब्रिटिश आर्मीमा सेवा (इ.सं. १९६०–१९६८)

– उपसभापति (स्ववियु) नेशनल कलेज काठमाडौं (२०२७)

– सदस्य, नेका जिल्ला कार्य समिति ओखलढुंगा (२०४९–०५२)

– केन्द्रीय सदस्य, नेपाल मानव अधिकारी संगठन ओखलढुंगा

– सभापति, जिल्ला विकास समिति ओखलढुंगा (२०४९–०५४)

– संरक्षक सदस्य, जेपी प्रतिष्ठान, (२०५१–०५४)

– सभापति, नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगा (२०५३–०५६)

– संयोजक, संगठन उपसमिति नेपाली कांग्रेस (२०५३–०५६)

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...