YouTube Link

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

Facebook Link

काठमाडौं: सुनुवार कोइँचहरुको ष्याँदर सलाकको गीति भिडियो यूट्युव च्यानल मार्फत सार्वजानिक भएको छ । गायक महेश मुखिया सुनुवारको स्वारमा रहेको ष्याँदर सलाक गायक स्वयंकै यूट्युव च्यानल मार्फत सार्वजानिक गरिएको हो । पछिल्लो समय भाषा संस्कृति दिनानुदिन लोप हुँदै गईरहेको अवस्थामा यस प्रकारको ष्याँदर सलाकले सम्पूर्ण सुनुवार समुदायमा पछिल्लो पुस्तालाई भाषा र संस्कृति जगेर्नाप्रति उत्साह जगाएको छ ।

 

आदिमकालदेखि सुनुवार समुदायको बसोबास रहेको रामेछापको उमाकुण्ड गाउँपालिकाको प्रितीमा यो ष्याँदर विशेष रुपमा मनाईने गरिन्छ । अन्य जिल्ला तथा स्थानमा मनाईने ष्याँदर भन्दा प्रितीमा मनाईने ष्याँदर फरक तरिकाले मनाउने गरेको पाईन्छ । प्रितीमा ४ दिनसम्म ष्याँदर मनाउने प्रचलन छ । संक्षिप्त रुपमा यी प्रचलनलाई यस भिडियोमा समेटिएको भेटिन्छ । ष्याँदर सलाकको संकलन गायक सुनुवारले गरेका छन् भने ष्याँदर सलाकको खोज अनुशन्धानको विशेष स्रोत स्थानीय भक्त बहादुर सुनुवारको रहेको छ । विशेष गरि ष्याँदरमा बुल्फे डाक्ने चलन रहि आएको छ जुन ष्याँदर मनाउने अघिल्लो दिन डाक्ने गरिन्छ जसमा चन्द्र कुमार सुनुवारले बुल्फे डाकेको यो भिडियो सामाग्रीमा हेर्न पाईन्छ ।

भिडियो लिंक

यस ष्याँदर सलाकलाई प्रकाश लेप्चाले संगीत संयोजन गरेका छन् भने भिडियोको छायांकन र सम्पादन सुबास मुखिया सुनुवारले गरेका छन् । भिडियोको परिचयात्मक संक्षिप्त चिनारी बारे टंक राज सुनुवार “सुजन” ले वाचन गरेका छन् । पष्याँदर सलाकको बाद्य वादनमा निल कुमारी सुनुवार (क्योङ र सफा), अशोक सुनुवार “मिन” (ढोल झ्याम्टा), राम कुमार सुनुवार “पदम” (ढोल झ्याम्टा), सागर सुनुवार (ढोल झ्याम्टा), निर्भिक सुनुवार (ढोल झ्याम्टा), नवीन सुनुवार (ढोल झ्याम्टा) मा साथ सहयोग गरेका छन् ।

 

ष्याँदर-पिदारबारे छोटो जानकारीः

सुनुवार कोइँचहरुको ष्याँदर-पिदार विशेष पूजा हो । यो पूजाको पनि आफ्नै विधि र परम्परागत नियमहरु छन् । सुनुवार कोइँच समुदायले उभौली पर्वको रुपमा बैशाख पूर्णिमाको दिन पारेर पूजा गर्ने गरिन्छ । विशेष गरी यो पूजा प्रकृति पुजाका रुपमा मनाउने गरिन्छ । ष्याँदर-पिदार वल्लो किराँतको बहुसङ्ख्यक किराती सुनुवार तथा आदिवासी भूमिपुत्रको सांस्कृतिक चिनारीको पर्याय हो । किराती कोइँचहरु प्रकृति, आत्मा र पुर्खापूजक हुन् । मानव तथा समाजशास्त्रीय अध्ययनले मानव सभ्यताको प्रारम्भबाटै प्रकृतिमा निहित तत्वलाई देवताको रुपमा पूज्ने तथ्य उजागर गरेझैं ष्याँदर-पिदार त्यसैको प्रतिरुप हो ।

 

प्राचीनकालमा नेपालमा ७ सय वर्ष भन्दा बढी समय राज्य चलाएका किरातले मनाउँदै आएको साँस्कृतिक पर्व ष्याँदरमा आफ्नो पुर्खा तथा इष्टदेवीको आराधना गर्दै ढोल झ्याम्टा बजाएर नाचगान गर्दथे । १८८२ मा ष्याँदर पर्वलाई व्यवस्थित गर्न सुनुवारले खर्क उपलब्ध गराउने तथा पूजा गर्ने बेला बली चढाइने राँगो गुठियारको जिम्मा खप्तडी बस्नेतलाई दिईन्छ भने बोका, भाले, धुपदीपका लागि आवश्यक सामग्री उपलब्ध गरी सामूहिक रुपमा ष्याँदर पर्व मनाउने परम्परा अहिले पनि कायम छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...