YouTube Link

‘हट सीट’ मा काठमाडौं प्रहरी प्रमुख : चुनौतीका चाङमाथि ६ महिने ‘छलाङ’

Facebook Link

काठमाडौं : संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था त्यसै पनि चुनौतीपूर्ण हुन्छ । हरेक किसिमका दबाबमूलक आन्दोलन यहीं केन्द्रीत हुन्छन् भने आपराधिक मानसिकता बोकेकाहरुले यस्तै भीडभाडमा टाउको उठाउने प्रयास गर्छन् मात्रै होइन, भीआईपी र भीभीआईपी भनिनेहरुको ओहोर-दोहोर पनि यहाँ बाक्लै हुने गर्छ । त्यसैले काठमाडौं प्रहरी प्रमुखको कुर्सीलाई ‘हट सीट’ भन्दा फरक पर्दैन ।

 

अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको त्यही ‘हट सीट’ मा विगत ६ महिनादेखि बसिरहेका छन्, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी । उनी त्यो ‘हट सीट’ मा बस्दासाथ शिक्षक आन्दोलन, चैत १५ (२०८१) को आन्दोलन, लघुवित्त पीडित, सहकारी पीडितहरुको आन्दोलनलगायतका थुप्रै आन्दोलनको चपेटामा पर्यो, काठमाडौं । तर, ‘प्रहरी मेरो साथी’ को अवधारणाकर्ता र नेपाल प्रहरी संगठनमा सुम्पिएको जिम्मेवारीमा आफूलाई जहिल्यै अब्बल सावित गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शान्ति-सुरक्षाको दृष्टिकोणबाट ती सबै आन्दोलनहरुलाई सुरक्षित अवतरण गराए ।

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ काठमाडौं उपत्यकाका प्रहरी कमाण्डर हुन् । जहाँ रहँदा पनि ‘रोल मोडल’ बनेका प्रहरी अतिरिक्त महानिरीक्षक तामाङको कमाण्डमा रहेर प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शान्ति-सुरक्षामा दखल पुर्याउने गतिविधिलाई काठमाडौंमा निस्तेज पार्न विभिन्न शीर्षकमा अपरेशन नै चलाए । गुण्डागर्दी निर्मूल पार्न समाजबाट आएका सूचनाका आधारमा समेत यस्ता अवाञ्छित क्रियाकलापमा संलग्नहरुको दैनिक १ सयदेखि १ सय २०-३० जनासम्मको स्क्रिनिङ अहिले पनि भइरहेको छ ।

 

शान्ति-सुरक्षामा दखल पार्ने जुनकुनै किसिमका अपराधविरुद्ध असहिष्णु बनेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले विपद् उद्धारका निम्ति चाहिने सामग्री पनि जुटाएका छन् । काठमाडौंमा प्राकृतिक विपद् परिहाले उद्धारका लागि चाहिने बोट, लाइफ ज्याकेटलगायतका सामग्री अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र अन्तर्गतका कार्यालयहरुमा समेत छन् । आफ्नै साधन-स्रोतले नभ्याएको अवस्थामा सहयोगी संघ-संस्थाहरुको सहयोगमा ती विपद् उद्धार सामग्री जुटाइएका हुन् ।

 

कुनै पनि अप्रिय आपराधिक घटना नघटोस् भनेर शान्ति-सुरक्षा कायम गर्नु आफ्नो पहिलो दायित्व भएको बताउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले इच्छाशक्तिले चुनौतीलाई काम गर्ने अवसरका रुपमा बदल्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे भने काठमाडौंको सुरक्षा चुनौतीमाथि सफल ‘छलाङ’ मारेर नेपाल प्रहरीको शाखलाई उच्च पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

 

यसैबीच गत आर्थिक वर्षमा मानवस्रोत, स्रोत-साधन व्यवस्थापन, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र जिल्ला प्रहरी परिसर काठमाडौंले गरेका काम-कारबाही प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सार्वजनिक गरेका छन् । उनका अनुसार काठमाडौं प्रहरीका १ सय २९ कार्यालयमध्ये १४ वटामात्र आफ्नै भवन र जग्गासहित छन् । बाँकी २० वटा आफ्नै भवन, तर जग्गा नभएका, ८ वटा भाडामा, ६० वटा सरकारी जग्गामा, ११ वटा संघ-संस्थाको जग्गामा, ४ वटा स्थानीय निकायको भवनमा, ५ वटा गुठी भवनमा, २ वटा क्लब भवनमा र ५ वटा पशुपति विकास कोष भवनमा सञ्चालित छन् ।

 

जिल्लामा ४ हजार १६ प्रहरी जनशक्ति दरबन्दी भए पनि हाल ३ हजार २ सय ३३ मात्र कार्यरत छन्, जसमा ४ सय ९ महिला छन् । गतवर्ष ६ सय ८१ जनालाई उत्कृष्ट कार्यका लागि पुरस्कृत र १ सय ५८ जनालाई कारबाही गरिएको छ । सो अवधिमा १ सय ७८ जनाले राजीनामा दिएका छन् र १८ जना अनिवार्य अवकाशमा गएका छन् । सवारी साधनमा प्रारम्भिक ४६ सीआरभीमध्ये हाल ३८ मात्र सञ्चालनमा छन् । दैनिक २ हजार ५ सय २१ प्रहरी जनशक्ति गस्ती, चेकिङ, पिकेट र अनुगमनमा परिचालित छन् । प्रहरीमा गतवर्ष ४ लाख २८ हजार ९६ कल प्राप्त भए, जसमा २९ हजार १ सय ४८ झगडासम्बन्धी र १ हजार १ सय ९२ लागूऔषधसम्बन्धी थिए । ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभित्र घटनास्थलमा पुगेको तथ्यांक छ ।

 

गत आर्थिक वर्षमा विपद् व्यवस्थापनमा काठमाडौं प्रहरीले २ हजार ७ सय २२ आगलागी घटनामा उद्धार गर्यो । विद्युत् सर्टका कारण सबैभन्दा धेरै आगलागी भएको छ । उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, स्ट्रेचर, डोरीलगायत सामग्रीको व्यवस्थापन गरिएको छ । विपद् हेल्पलाइन डायरी पनि प्रकाशित गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ५ हजार ५ सय ८५ मुद्दाको फैसला हुँदै २४ करोडभन्दा बढी जरिवाना संकलन भएको छ । ५ हजार ५ सय १२ अपराधी पक्राउ परेका छन् । हुण्डी कारोबारसम्बन्धी १८ मुद्दाबाट ६ करोड ८५ लाख रुपैयाँ बरामद भएको छ । नवीनतम सेवामा डिजिटल इन्ट्री सिस्टमसहितको नागरिक सहायता कक्ष र ‘पुलिस डिजिटल डायरी’ कार्यान्वयनमा ल्याइएको छ । प्रहरी बिट स्तरोन्नति योजना अघि सारिएको छ ।

 

गत आर्थिक वर्षमा लागूऔषध नियन्त्रणमा ९ सय १ किलो गाँजा र १ लाख ७३ हजार ३ सय ६१ ट्याबलेट ट्रामाडोल बरामद भएको छ । सबैभन्दा बढी दर्ता मुद्दा बैंकिङ कशुरका (६,५५३) छन् भने सबैभन्दा कम सवारी अंगभंगका (७४) छन् । गतवर्ष काठमाडौंमा भएको धर्ना र विरोध प्रदर्शन नियन्त्रणमा ३ लाख ८६ हजार ९ सय ४० प्रहरी जनशक्ति परिचालित भएको थियो । काठमाडौंमा मात्र ८१.६८ प्रतिशत धर्ना र ७४ प्रतिशत विरोध र्‍याली भएका छन् ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...