YouTube Link

प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

Facebook Link

काठमाडौं: एक दिने उसु हिरोज जुनियर प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप २०८२ शनिबार जोरपाटीस्थित ईस्टपोल स्कुलमा सम्पन्न भएको छ । उसु द योङ्ग जेनेरेशनद्वारा आयोजित उक्त प्रतियोगितामा करिव दुई सय खेलाडीको उपस्थित रहेको थियो ।

 

सो प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न भएको आयोजक कमिटीका बिजय सिन्जालीले जानकारी दिए । बिद्यालय स्तरबाटै खेलाडीको प्रतिभा पहिचान गर्नुपर्छ र नयाँ प्रतिभाहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म पाउनुपर्छ भन्ने उद्देश्यका साथ सञ्चालन भएको प्रतियोगितामा जुनियर र सव जुनियर गरेर ५० वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा जुनियर खेलाडीहरुलाई अवसर दिने हेतुले जुनियर र सव जुनियर गरि विभिन्न इभेन्टहरु समाबेश गरिएको आयोजक कमिटीले जानकारी दिएको छ ।

 

काठमाडौं भ्यालीका उसु क्वान, स्कुल तथा देशका बिभिन्न जिल्लाबाट सहभागिता रहेको यस प्रतियोगितामा नेपाल उसु महासंघ लगायत बिभिन्न संस्थाहरुको सहयोग रहेको आयोजक कमिटीका पासाङ्ग शेर्पाले जानकारी दिए । प्रतियोगितामामा नमो बुद्ध लायन्स क्वबका अध्यक्ष, नेपाल उसु महासंघका उपमहासचिव राजिव महर्जन, एड्भान्स कुन्फु एशोसिएशनका सुर्य प्रकाश लगायत उसुका प्रशिक्षकहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विभिन्न संघ, क्वान, क्लबका पदाधिकारीहरुको उपस्थितिमा बिजेता तथा सहभागी खेलाडीहरुलाई मेडल तथा प्रमाण-पत्र वितरण गरिएको थियो ।

 

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विभिन्न संस्था, सहभागी क्वानका प्रशिक्षकहरु तथा खेलाडीहरु लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र जज टुल सफ्टवेयर उपलब्ध गराएर सहयोग गर्ने अन्तर्राष्ट्रिय उसु निर्णायक बिसाल सिन्जाली र टिमलाई बिशेषा धन्यवाद प्रकट गर्दै आयोजक कमिटीका विजय सिन्जालीले सो प्रतियोगिताले नव आगन्तुक उसु खेलाडीहरुमा नयाँ उर्जा थपेको बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...