YouTube Link

प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

Facebook Link

काठमाडौं: एक दिने उसु हिरोज जुनियर प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप २०८२ शनिबार जोरपाटीस्थित ईस्टपोल स्कुलमा सम्पन्न भएको छ । उसु द योङ्ग जेनेरेशनद्वारा आयोजित उक्त प्रतियोगितामा करिव दुई सय खेलाडीको उपस्थित रहेको थियो ।

 

सो प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न भएको आयोजक कमिटीका बिजय सिन्जालीले जानकारी दिए । बिद्यालय स्तरबाटै खेलाडीको प्रतिभा पहिचान गर्नुपर्छ र नयाँ प्रतिभाहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म पाउनुपर्छ भन्ने उद्देश्यका साथ सञ्चालन भएको प्रतियोगितामा जुनियर र सव जुनियर गरेर ५० वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा जुनियर खेलाडीहरुलाई अवसर दिने हेतुले जुनियर र सव जुनियर गरि विभिन्न इभेन्टहरु समाबेश गरिएको आयोजक कमिटीले जानकारी दिएको छ ।

 

काठमाडौं भ्यालीका उसु क्वान, स्कुल तथा देशका बिभिन्न जिल्लाबाट सहभागिता रहेको यस प्रतियोगितामा नेपाल उसु महासंघ लगायत बिभिन्न संस्थाहरुको सहयोग रहेको आयोजक कमिटीका पासाङ्ग शेर्पाले जानकारी दिए । प्रतियोगितामामा नमो बुद्ध लायन्स क्वबका अध्यक्ष, नेपाल उसु महासंघका उपमहासचिव राजिव महर्जन, एड्भान्स कुन्फु एशोसिएशनका सुर्य प्रकाश लगायत उसुका प्रशिक्षकहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विभिन्न संघ, क्वान, क्लबका पदाधिकारीहरुको उपस्थितिमा बिजेता तथा सहभागी खेलाडीहरुलाई मेडल तथा प्रमाण-पत्र वितरण गरिएको थियो ।

 

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विभिन्न संस्था, सहभागी क्वानका प्रशिक्षकहरु तथा खेलाडीहरु लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र जज टुल सफ्टवेयर उपलब्ध गराएर सहयोग गर्ने अन्तर्राष्ट्रिय उसु निर्णायक बिसाल सिन्जाली र टिमलाई बिशेषा धन्यवाद प्रकट गर्दै आयोजक कमिटीका विजय सिन्जालीले सो प्रतियोगिताले नव आगन्तुक उसु खेलाडीहरुमा नयाँ उर्जा थपेको बताए ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...