YouTube Link

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

Facebook Link

काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सबै लिङ्ग, जातजाति र भाषाभाषीलाई समान व्यवहार गर्नुका साथै सीमान्तकृत वर्ग, समुदाय र लोपोन्मुख भाषाको संरक्षण तथा उत्थानमा प्रज्ञा-प्रतिष्ठानले काम गरिरहेको बताएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानको काव्य विभागद्वारा आयोजित दुई दिने बागमती प्रदेशस्तरीय ‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ को प्रमुख आतिथ्यता गर्दै कुलपति राईले सो कुरा बताएका हुन् ।

 

कार्यक्रममा ‘बागमती प्रदेशमा महिला कविको अवस्थिति’ विषयक कार्यपत्रमाथि छलफल गर्नुका साथै ४० जना स्रष्टाले सिर्जना वाचन गरेका थिए । कुलपति राईले प्रज्ञा-प्रतिष्ठानले प्रदेशस्तरमा महिला स्रष्टाकेन्द्रित कार्यक्रम गर्दै आएको समेत उल्लेख गरे । काव्य विभाग प्रमुख बाबा बस्नेतले बागमती प्रदेशका सबै जिल्लाका नारी स्रष्टाको उपस्थितिमा भएको कार्यक्रमले प्रदेशस्तरमा राम्रो सन्देश जानुका साथै नारी स्रष्टामा ऊर्जा थप्ने काम गरेको बताइन् ।

 

कार्यक्रममा समालोचक लीला लुइँटेलद्वारा ‘बागमती प्रदेशमा महिला कविको अवस्थिति’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथि समालोचकद्वय अनुपमा रेग्मी र प्रमिला दाहालले टिप्पणी गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा भएको सिर्जना वाचनमा डा.वेञ्जु शर्मा, जलेश्वरी श्रेष्ठ, सन्ध्या पहाडी, डा.शशि थापा ,भैरवी भुगोल, उषाकिरण तिवारी, एलिसा ढुङ्गाना, तारा तामाङ, दीप्स शाह, विमला दाहाल, सम्झना गौतम, दुर्गाकिरण तिवारी, ललिता दोषी, सुशीला खड्‌का ‘हसिना’, द्वारिका कुइँकेल, पञ्चकुमारी परियार, पार्वती अधिकारी पारु, सुफल थपलिया, लक्ष्मी रुम्बा, विना थिङ, भगवती बस्नेत, रजनी कार्की, जानुका दाहाल, धनमाया राई, दीक्षा लामा, आयुषा आचार्यलगायत ४० भन्दा बढी नारी स्रष्टाले सिर्जना वाचन गरेका थिए ।

 

उक्त कार्यक्रम नुवाकोट साहित्य प्रतिष्ठानको सह-आयोजनामा गरिएको हो । कार्यक्रमको दोस्रो दिन देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानसँगको सहकार्यमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको संचालन स्रष्टा भगवती खनालले गरेकी थिइन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...