YouTube Link

बाल मन्दिरको जग्गा हिनामिना सम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर, स्व.गणेशमान सिंहकी छोरीसम्म प्रतिवादी

Facebook Link

काठमाडौं: नक्सालमा रहेको बाल मन्दिरको जग्गा हिनामिना सम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानविन गरेर मुद्दा बुझाएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

 

मुद्दामा नेपाल बाल संगठनकी तत्कालिन अध्यक्ष रितासिंह वैद्यसहित १७ प्रतिवादी छन् । भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको उक्त मुद्दामा ६० करोडभन्दा बढी रकम मागदावी पेश भएको छ । प्रतिवादी बनाइएका भारत, कर्नाटक राज्य, बैंग्लोरका कीर्तिप्रसाद पाण्डे बाल मन्दिर हाताभित्र सञ्चालित बृहस्पति विद्या सदनका सञ्चालक हुन् । उनले सञ्चालन गरेको राई स्कुलले पनि सो जमिन ओगटेको छ । उनी नेपालमा बसोबास गर्ने भारतीय नागरिकको एक संस्थाका अध्यक्ष पनि हुन् ।

 

मुद्दाका प्रतिवादीमा बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालिन सदस्य एवम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालिन अख्तियार प्राप्त् महासचिव श्यामकुमार आले, तत्कालिन अख्तियार प्राप्त महासचिव सुवास कुमार पोखरेल, तत्कालिन महासचिव प्रचण्डराज प्रधान, तत्कालिन महासचिव रामकाजी गुरुङ, तत्कालिन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, तत्कालिन उप–कोषाध्यक्ष दिपदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्राली सञ्चालनकहरु प्रविणराज जोशी, मुरारीनिधी तिवारी, पुरुषोत्तमराज जोशी, श्रदा संघाई, अभिवन सिंघानिया, सिद्धार्थ केडिया, किर्तीप्रसाद पाण्डेसहित छन् ।

 

मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा उनीहरुलाई प्रतिवादी बनाइएको हो । उक्त महलअनुसार ७ वर्ष कैददेखि ७० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...