एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५
831
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । एन्फा महासचिव किरण राईले आइतबार कार्यसमिति सदस्यलाई पत्र लेख्दै बैठक दिउँसो ३ बजे एन्फा मुख्यालय सातदोबाटोमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डा समावेश छन् ।
बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परीक्षक प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन लगायतका विषयमा छलफल हुनेछ ।
पछिल्लो पटक एन्फा कार्यसमिति बैठक गत भदौमा बसेको थियो । तर, पंकज विक्रम नेम्वाङ नेतृत्वमा आएपछि कुनैपनि बैठक सौहार्दपूर्ण हुन सकेका छैन । अधिकांश पदाधिकारी नेतृत्वसँग सन्तुष्ट छैनन् । गत १० माघमै ८ केन्द्रीय कार्यसमिति सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । तर, नेतृत्वले ४० दिनपछि मात्रै बैठक बोलाएको छ ।
यस्ता छन् बैठकका एजेन्डा
– नियमित साधारण सभा सम्बन्धमा
– वार्षिक कार्यक्रम तथा बजेट बारे
– लेखा परीक्षण प्रतिवेदन बारे
– लेखा परीक्षकको नियुक्ति बारे
– मिडिया मार्केटिङको एजेन्सी नियुक्ति बारे
– पदपूर्ति समितिले गरेको निर्णय अनुमोदन गर्ने बारे
– फिफा बजेटबाट सञ्चालन हुने ग्रासरुट कार्यक्रमका लागि खेल सामाग्रीहरु खरिद गर्ने बारे
– संघको आर्थिक नियमावली तथा आर्थिक कार्यविधिमा भएको त्रुटी सच्चाउने बारे
– संघलाई वार्षिक प्रतियोगिताहरुमा आवश्यक पर्ने होटलहरुको सूचिकृत बारे
– सेलवेज क्यास तथा क्यारी प्रालिको हिसाव फछ्यौट बारे
– महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी बारे
– सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन सम्बन्धमा
– एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा
– खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण सम्बन्धमा
– निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति बारे
– विविध ।

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५