YouTube Link

सुट मेलामा खरिद गर्दा उपहारसँगै विदेश भ्रमणको मौका

Facebook Link

काठमाडौं: काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ शुरु भएको छ । सुट मेला २०८१ का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल टेलरिङ व्यवसायी महासंघका सल्लाहकार एवं श्रेष्ठ टेलरिङका प्रोप्राइटर बाबुकाजी श्रेष्ठले व्यवसाय शिथिल भइरहेको बेलामा चलायमान बनाउन र ग्राहकलाई गुणस्तरीय सिलाई र उच्चस्तरीय कपडाका बारेमा एकैथलोमा सर्वसुलभ सेवा र जानकारी दिन मेला आयोजना गरिएको बताए ।

 

नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष सदीश श्रेष्ठले भने– ‘ग्राहकलाई मूल्यको हिसाबले छुटमात्र होइन, क्वालिटीमा पनि प्रतिस्पर्धा गरेर उत्कृष्ठ ब्राण्ड स्थापित गराउन मेलाले सहयोग पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’ वरिष्ठ उपाध्यक्ष एवं ह्यारी  कलेक्शनका प्रोप्राइटर राजमान महर्जनले सरकारी कर्मचारीलाई दिइएको पोशाक भत्ता उनीहरूले पोशाकमा मात्रै खर्च गरे पनि कपडा र सिलाई व्यवसाय थप चलायमान हुने बताउँदै दश वर्षसम्म एउटै पोशाक लगाउने अनि राज्यबाट चाहिं वर्षैपिच्छे पोशाक खर्च लिएर दुरुपयोग गर्ने प्रवृत्ति विडम्वनापूर्ण रहेको उल्लेख गरे ।

 

नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ गतेबाट शुरु भएको सर्टिङ–सुटिङ वस्तुको मेला २०८२ वैशाख २५ गतेसम्म चल्नेछ । नेपालमा सर्टिङ–सुटिङ मेला पहिलोपटक आयोजना गरिएको पनि महासंघले जनाएको छ । मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ–सुटिङ कपडाका दर्जनौं विकल्प एकै ठाउँमा उपलब्ध गराउनु तथा आमसर्वसाधारणमा व्यक्तित्व निर्माणमा सर्टिङ–सुटिङको महत्व बुझाउनु रहेको छ । यो मेलाले सुटमा आएको नयाँ डिजाइनबारे पनि ग्राहकलाई जानकारी गराउनेछ । विवाहको सिजनमा दूरदराजबाट सुट सिलाउन काठमाडौं आउने ग्राहकलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ ।

 

मेलामा आराधना कम्प्लेक्समा रहेका श्रेष्ठ टेलरिङ, ह्यारी कलेक्सन, मेरिना इम्पेक्स, अनुपम टेलर्स, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टपका स्टल रहनेछन् । यी कम्पनीहरू दशकौंदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाई व्यवसायमा संलग्न छन् । ‘मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर सावित हुने अपेक्षा गरेका छौं’ सुट मेला २०८१ का संयोजक अर्जुन बस्नेतले भने– ‘मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इंग्ल्याण्ड, बैंकक, भारतलगायतका देशमा उत्पादित उच्च गुणस्तरीय फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं ।’

 

मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरीद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोलाप्रथामार्फत् भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफरसमेत राखेका छन् । यसबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत थोर-बहुत योगदान हुने आयोजकको विश्वास छ ।

 

यो मेलाको अर्को उद्देश्य आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनु रहेको छ । यसले सर्टिङ–सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाई छ । महासंघले अर्थतन्त्रमा देखिएको हालको शिथिलता चिर्न सरकार र निजीक्षेत्रबीच गहिरो सहकार्य आवश्यक रहेकोमा पनि जोड दिएको छ । ‘व्यवसायमा आएको शिथिलताका कारण असहज परिस्थितिमा पुगेका सम्पूर्ण व्यवसायीले यतिबेला सरकारबाट अभिभावकको भूमिका खोजिरहेका छन्’ मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा महासंघले भनेको छ- ‘सरकारको सानो आश्वासन र व्यवहारले पनि निजीक्षेत्रको मनोबल उकास्न ठूलो योगदान गर्न सक्ने हुँदा यसतर्फ सरकारले पनि उचित ध्यान दिनेछ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...