YouTube Link

इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Facebook Link

काठमाडौं: नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएको थियो ।

 

चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका–३ बस्ने आरम्भ पोखरेल छन् ।

 

दुर्घटनामा परी घाइते भएका मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका–६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरगढी गाउँपालिका–६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन ३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ साउन ३ शनिवार ०६:१७

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

२० जना खेलाडीले बैंगलोरमा प्रशिक्षण गर्ने

वि.सं.२०८२ साउन २ शुक्रवार १८:३६

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि...

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ साउन २ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ साउन २ शुक्रवार ०६:३३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

अपराधविरुद्धको निर्मम ‘एक्सन’ मा इलाका प्रहरी कोहलपुर

वि.सं.२०८२ असार ३२ बुधवार १४:५१

बाँके (कोहलपुर) : इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियताका कारण भारतबाट...

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वाणिज्य बैंकहरूले घटाए व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

वि.सं.२०८२ असार ३२ बुधवार १३:१७

काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ दिए आवेदन, साउन १ गतेदेखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

वि.सं.२०८२ असार ३२ बुधवार ११:३६

काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११...