YouTube Link

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालमाथि भ्रष्टाचार मुद्दाको चाङ

Facebook Link

रौतहट: रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालमाथि भ्रष्टाचार मुद्दाको चाङ लागेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका मेयर जैसवालविरुद्ध अख्तियारमा परेको कैयौँ उजुरी माथि छानबिन सुरु भएको हो ।

 

मेयर निर्वचित भएदेखि नै पटकपटक आर्थिक विवादमा पर्दै आएका जैसवालविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा परेको उजुरी सम्बन्धी पछिल्लो पटक छानविन सुरु भएको हो । उनले नगरपालिकामा अनावश्यक कर्मचारी मनपरी नियुक्त गरेको भन्दै परेको १९४८००७१७३५,२०८१ जेठ ८ गतेको उजुरी सम्बन्धमा छानबिन भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

 

त्यस्तै कटहरिया नगरपालिका स्वास्थ शाखा संयोजक शंकर प्रसाद यादवले आर्थिक बर्ष २०८०/०८१ मा स्वास्थ्यका बिभिन्न गतिविधि सञ्चालन गर्न ३३ लाख रुपैयाँ पेस्की लिएकोमा ५० प्रतिशत रकम मेयरको बुबा ओम प्रकाश जैसवाललाई बुझाएको र ५० प्रतिशतको कामै नगरी किर्ते सहीछाप गरी किर्ते माईन्युट तयार गरिरहेको भन्ने समेतको व्यवहोरा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा दर्ता भएको २०४५१००७४८२३, २०८१ जेठ २७ गते परेको उजुरी छानविनमा रहेको जनाईएको छ ।

 

यो दुई उजुरी जस्तै कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा कैयौँ उजूरी परेको कार्यालय स्रोतले जनाएको छ । कटहरीया नगरपालिकाका मेयर जैसवाल र उपमेयर रिता देवी यादव, पूर्व प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, योजना शाखा प्रमुख राम नरेश यादव समेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोगा अनुसन्धान आयोगले गत जेठ महिनामा विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बित भएका थिए ।

 

कटहरिया २ मा जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएकामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह छन् ।

 

सो योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय माग दाबी गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...