यस्तो छ सचिवहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन
वि.सं.२०८१ साउन १५ मंगलवार १६:२७
573
sharesकाठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर निर्देशन दिँदै भने, ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।’
विकास, समृद्धि र सुशासनका सवालमा सरकारले देखिनेगरी काम गर्नुपर्ने भन्दै ओलीले सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद भएको र त्यसको अन्त्य हुनुपर्ने बताए । साथै उनले इजरायल र मलेसियाले समुन्द्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको भन्दै नेपालले सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने भन्दै यसमा ध्यान दिन सक्नुपर्ने बताए ।
सचिवहरूलाई निर्देशन दिने क्रममा डेढ घण्टा भन्दा बढी समय बिताएका प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन हुनुपर्ने कारणदेखि सरकारले जनतालाई दिने सेवा सुविधा, विकास निर्माण र सुशासनबारे अर्थ्याएका छन् ।
वि.सं.२०८१ साउन १५ मंगलवार १६:२७