YouTube Link

गाउँ फर्क अभियान सुरु गर्दै नेकपा माओवादी केन्द्र

Facebook Link

काठमाडौं: नेकपा माओवादी केन्द्रले पार्टीको क्षयीकरणको विषयमा गम्भीर परामर्शमा जुटेको छ । शुक्रबारदेखि जारी माओवादी पदाधिकारीको बैठक मंगलबार सकिँदै छ । अब स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाइने नेताहरुले बताएका छन् । अब पार्टीका सम्पूर्ण संरचना चलायमान बनाएर जनतासँग टुटेको कडी जोड्ने माओवादीले जनाएको छ ।

सरकारबाट बाहिरिएपछि पूर्णतया सांगठनिक सुदृढीकरणमा केन्द्रित हुने बताएको माओवादीमा सांगठनिक क्षयीकरणको दोष कतिपय नेताहरुले मूल नेतृत्वलाई लगाएर आफू सही बन्न प्रयत्नशील रहेको बताइन्छ । हालै जारी पदाधिकारी बैठकमा समेत सरकारमा रहँदा गरिएका सुशासनमैत्री कामलाई जनता समक्ष लगेर पार्टीको पक्षमा जनमत फर्काउने दाउमा माओवादी केन्द्र लागेको छ ।

माओवादीमा नेतृत्वमा निर्विकल्प देखिएका पुष्पकमल दाहाल प्रचण्डका बारेमा पनि प्रश्न उठ्न थालेको बताइएको छ । माओवादीले नीति र नेतृत्व दुबैमा गम्भीर समीक्षा गर्दै आगामी रणनीति तय गर्नेसम्मको तयारी रहेको नेताहरुले बताइरहेका छन् । माओवादीको नेतृत्वमा तीन दशक देखि प्रचण्डकै एकल बर्चस्व कायम रहेको छ । उनी पछि पार्टी नेतृत्वको उत्तराधिकारीको विकास हुन सकेको छैन ।

२०६३ मा संसदीय राजनीतिमा प्रवेश गरेको माओवादी सुरुमा कायम गरिएको जनमत विस्तारै गुमाउँदै लगेको छ । जनताको विश्वास टुटाएर कमजोर बनेको माओवादीले यस अघि जनसम्बन्ध सुदृढ बनाउन चार महिने अभियान समेत सञ्चालन गरेको थियो । पदाधिकारी बैठक पछि स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएर संगठनात्मक कार्यलाई तिब्रता दिने माओवादीको तयारी रहेको छ । पार्टीलाई सांगठनिक रुपमा मजबुद बनाउन नेताहरुले जनतासँगको सम्बन्धलाई पुनर्ताजगी दिने बताइरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...