YouTube Link

गाउँ फर्क अभियान सुरु गर्दै नेकपा माओवादी केन्द्र

Khanepani Dhal
Facebook Link

काठमाडौं: नेकपा माओवादी केन्द्रले पार्टीको क्षयीकरणको विषयमा गम्भीर परामर्शमा जुटेको छ । शुक्रबारदेखि जारी माओवादी पदाधिकारीको बैठक मंगलबार सकिँदै छ । अब स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाइने नेताहरुले बताएका छन् । अब पार्टीका सम्पूर्ण संरचना चलायमान बनाएर जनतासँग टुटेको कडी जोड्ने माओवादीले जनाएको छ ।

 

सरकारबाट बाहिरिएपछि पूर्णतया सांगठनिक सुदृढीकरणमा केन्द्रित हुने बताएको माओवादीमा सांगठनिक क्षयीकरणको दोष कतिपय नेताहरुले मूल नेतृत्वलाई लगाएर आफू सही बन्न प्रयत्नशील रहेको बताइन्छ । हालै जारी पदाधिकारी बैठकमा समेत सरकारमा रहँदा गरिएका सुशासनमैत्री कामलाई जनता समक्ष लगेर पार्टीको पक्षमा जनमत फर्काउने दाउमा माओवादी केन्द्र लागेको छ ।

 

माओवादीमा नेतृत्वमा निर्विकल्प देखिएका पुष्पकमल दाहाल प्रचण्डका बारेमा पनि प्रश्न उठ्न थालेको बताइएको छ । माओवादीले नीति र नेतृत्व दुबैमा गम्भीर समीक्षा गर्दै आगामी रणनीति तय गर्नेसम्मको तयारी रहेको नेताहरुले बताइरहेका छन् । माओवादीको नेतृत्वमा तीन दशक देखि प्रचण्डकै एकल बर्चस्व कायम रहेको छ । उनी पछि पार्टी नेतृत्वको उत्तराधिकारीको विकास हुन सकेको छैन ।

 

२०६३ मा संसदीय राजनीतिमा प्रवेश गरेको माओवादी सुरुमा कायम गरिएको जनमत विस्तारै गुमाउँदै लगेको छ । जनताको विश्वास टुटाएर कमजोर बनेको माओवादीले यस अघि जनसम्बन्ध सुदृढ बनाउन चार महिने अभियान समेत सञ्चालन गरेको थियो । पदाधिकारी बैठक पछि स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएर संगठनात्मक कार्यलाई तिब्रता दिने माओवादीको तयारी रहेको छ । पार्टीलाई सांगठनिक रुपमा मजबुद बनाउन नेताहरुले जनतासँगको सम्बन्धलाई पुनर्ताजगी दिने बताइरहेका छन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...