आत्मनिर्भरताका लागि उमाकुण्ड गाउँपालिकाका तीन विद्यालयका विद्यार्थीहरु सिक्दै कमाउदैमा जुटे
वि.सं.२०८१ जेठ २२ मंगलवार १४:५९
996
shares
रामेछाप: बागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट सिक्दै कमाउदै अध्यन गर्दै कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिकाका ३ विद्यालयका विद्यार्थीहरु अहिले सिक्दै कमाउदैमा जुटेका छन् ।
उमाकुण्ड-१ मा रहेको श्री माहांलगुर मा.वि., उमाकुण्ड-४ को श्री चण्डेश्वरी मा.वि. र उमाकुण्ड-६ मा रहेको श्री कैलेश्वर मा.वि. उक्त कार्यक्रमको लागि छनोटमा पर्न सफल भएको उमाकुण्ड शिक्षा शाखा प्रमुख ङावा शेर्पाले जानकारी दिए । आत्मनिर्भरका लागि विद्यार्थीहरु प्रत्यक्ष रुपमा कमाउदै पढ्दै कार्यक्रममा उत्साहजनक सहभागी भएका छन् । बागमती प्रदेश सरकारले आ.व. ०८०/८१ मा कुल बजेटबाट उमाकुण्डमा ६ लाख उपलब्ध गराएको थियो । अहिले चण्डेश्वरी मा.वि. ले जग्गा भाडामा लिएर ट्नेल बनाइ ट्नेलभित्र तरकारी उत्पादन गरिरहेको छ ।
वि.सं.२०८१ जेठ २२ मंगलवार १४:५९