YouTube Link

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

Facebook Link

 

काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

 

ट्राफिक प्रहरी, ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका-१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका-३ का २६ वर्षीय सुशील परीयार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका-१० का २६ वर्षीय पारस अधिकारी, रहेका छन् ।

 

त्यसैगरी मधेश प्रदेश ०३-००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१-००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका-२ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका-३ का २२ वर्षीय जीवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव ड्रग्स किटमा राखेर परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।  प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको परीक्षण गर्दै आएको छ ।

 

नागढुङगामा  २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले बताएको छ । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन अनुरोध गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...