चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस
वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३
1.2K
shares
काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।
एसएसपीहरु कृष्णहरी पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो । पोखरेल एआईजी दीपक थापाका ब्याजी हुन् भने कार्की, केसी र अधिकारी पछिल्लो ब्याजका हुन् ।उनीहरुलाई भीम ढकाल, विकास खनाल, उमेश जोशी र सुरेन्द्र मैनालीको स्थानमा बढुवा सिफारिस गरेको हो ।
वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३




















