YouTube Link

नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुँदै

Facebook Link

 

काठमाडौं: सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 

तर संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन् । दलहरुको आ–आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ ।

 

आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यतालिका रहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन । कांग्रेसले उठाएको छानबिन समिति गठनका विषयमा प्रधानमन्त्री नरम देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षमा रहेका छन् । कांग्रेस पनि टसका मस भएको छैन् । सोमबार दिनभरजसो भएका छलफल निष्कर्षमा नपुगेपछि आज थप गृहकार्यमा नेताहरु जुट्दै छन् ।

 

त्यसअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । विहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालयमा दलको बैठक बसेर थप निर्णय गरिने जनाईएको छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्राछुट्टै छलफल गरिने छ ।

 

प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने र अन्तिम दिन पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...