YouTube Link

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

Facebook Link

 

काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको प्रेम जीवन बचाउने प्रेम` भन्ने मुल नाराका साथ १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम काठमाडौंको गोकर्णमा सम्पन्न भएको छ ।

 

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता, गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ३ का अध्यक्ष मुरारी कुइकेल, ब्लोडन नेपालका अध्यक्ष बालकृष्ण श्रेष्ठको विशिष्ट आतिथ्यता तथा अतिथिहरुको उपस्थिति रहेको सो कार्यक्रमको सभापतित्व परमेश्वर मण्डली विश्व सुसमाचारका अध्यक्ष तेजेन्द्र गौतमले गरेका थिए ।

 

पर्मेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजना र नेपाल मेडिकल कलेज रक्तसंचार केन्द्र जोरपाटीको समन्वयमा आयोजित कार्यक्रममा १५० जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले पर्मेश्वर मण्डलीले स्वास्थ्य, शिक्षा, बिपतमा गरेको सहयोग उदाहरणीय रहेको बताए । उनले भने- ‘राजनीतिकर्मीले गर्ने राजनीति पनि सेवा नै भएकोले हामी प्रत्येक मानवप्राणीले नै सेवाको भाव राख्न जरुरी छ ।’

 

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष जयराम महतले हामी जहाँ भएपनि जुन धर्म भएपनि हामी नेपाली हौ । हाम्रो नेपालको संविधानले हामीलाई धार्मिक स्वतन्त्रता प्रदान गरेको छ । त्यो स्वतन्त्रताभित्र जात, धर्म, संस्कृति र परम्परा अनुसार हामीले हाम्रो कर्म गर्दै आएका छौ । त्यो कर्म गर्न सबैलाई छुट छ तर हामीले समाजमा खल्बलिने किसिमको गतिविधि गर्नु हुँदैन । यो संस्थाले मानव कल्याणको  निम्ति काम गर्दै आएकोले पनि हाम्रो यहाँहरुलाई सहयोग रहने बताए  ।

 

कार्यक्रमका सभापति तेजेन्द्र गौतमले हामीले विश्वव्यापी रूपमा मानवप्राणीको रक्षाका निम्ति रक्तदानलाई विशेष प्राथमिकता दिदै अहिले हाम्रो संस्थाले नेपालका ७७औं जिल्लामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र हामी महा बिनाशकारी भुकम्प देखि देशमा हुने प्राकृतिक बिपत्तिमा गर्ने सहयोगसँगै शिक्षा एवम् स्वास्थ्यको क्षेत्रमा पनि पनि सक्रिय रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

 

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले परमेश्वर मण्डली विश्व सुसमाचार समाजका सभापति तेजेन्द्र गौतमलाई सम्मान पत्र प्रदान गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...