बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६
978
shares
पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण बढेपछि पोखरेलीहरु चिन्तित बनेका छन् । सफा र स्वच्छ सहरको पहिचान बनाएको पोखराले पछिल्लो दिनमा वायु प्रदूषणको मार खेप्न थालेको छ । बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा पुरै छेकिएका छन् । धुँवा र धुलोका कणले चारैतिर अस्तव्यस्त पनि बनाएको छ ।
पोखरालाई बाक्लो तुवालोले ढाकेको छ । धुलो र धुँवाको तुवालोले गर्दा पर्यटकहरुले फेवाताल सहित साराङकोटबाट देखिन सुन्दर दृश्यको अवलोकन गर्न सकेका छैनन् । अहिलेको मौसम बिग्रनुमा डढेलो मुख्य कारण बनेको बुझिएको छ । नेपालकै विभिन्न ठाउँ र भारतदेखि पनि यो प्रदुषण भित्रिएको छ । पश्चिमी र स्थानीय वायु थोरै चलिरहेपनि जति चल्नुपर्ने त्यो नचल्दा प्रदूषण हट्न सकेको छैन ।
तस्बिरमा पोखराः

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६