Rajshow Bivag

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

Departmant of helth services

 

काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ ।

 

कार्यक्रमबारे जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर नगरपालिकाले सोको बारेमा जानकारी दिएको हो । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा काठमाडौंमा आयोजना गर्न लागिएको ‘जाउँ हिँड रेसुङ्गा’ विशेष प्रर्वधनात्मक कार्यक्रमको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख खिलध्वज पन्थीले गुल्मी रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियान स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितीमा यही वैशाख २० गते काठमाडौंबाट अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

 

प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरू रहेको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षै भरि विभिन्न कार्यक्रम आयोजना गरिने पन्थीले जानकारी दिए । सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससंगै रेसुङ्गाको प्रर्वद्धनको लागि प्याकेज निर्माण गर्न आग्रह गर्नु भयो । उहाँले सो क्षेत्रको पर्यटन प्रर्वद्धनको लागि बोर्डको साथ सहयोग रहने बताए ।

 

 

बोर्डका अर्का निर्देशक लक्ष्मण गौतमले रेसुङ्गा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गर्दै रेसुङ्गाको पर्यटन प्रर्वद्धन गर्दा छिमेकी जिल्लाहरुको समेत पर्यटन प्रर्वद्धन हुने बताए । कार्यक्रममा डा. नारायाचार्य तिसिमल्सेना (देवबाबा) ले गुल्मीको पर्यटन प्रर्वद्धनका लागि रुरु क्षेत्रको रेहको शालिग्रामको संरक्षण आवश्यक रहको बताउँदै शालिग्रामको संरक्षणको लागि ऐन बनाउनुपर्ने बताए ।

 

रेसुङ्गा भौगोलिक, जैविक र वानस्पतिक विविधताले भरिएको क्षेत्र हो । यो क्षेत्र क्षेत्रमा वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेषहरू रहेका छन् । यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीवहरू पाइने हुनाले जैविक विविधताले पनि यो क्षेत्र अत्यन्तै महत्वपूर्ण रहेको छ ।

 

 

महर्षि ऋष्यशृङ्गसित सम्बन्ध रहेको मानिने यस तपोभूमिमा अनेक ऋषिमुनि र साधुसन्तहरूले तपस्या गर्दै आएको र त्रेता युगमै महर्षि ऋष्यशृङ्ले यहाँ आई तपस्या गरेको र ऋष्यशृङ् महषिले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराएका थिए । जुन यज्ञका कारण राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुघ्न जस्ता पुत्ररत्नहरू प्राप्त भएका थिए भन्ने कुरा वाल्मीकि रामायणको बालकाण्डको ९-१५ सर्ग सम्ममा विस्तृत वणर्न गरिएको पाइन्छ । हवाई तथा सड्क यातायातका विभिन्न विकल्पहरु प्रयोग गरेर रेसुङ्गा पुग्न सकिन्छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संलग्नतामा पशुपतिनाथको भेटी चोरी, दर्शनार्थीले चढाएको भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संलग्नतामा पशुपतिनाथको भेटी चोरी, दर्शनार्थीले चढाएको भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०५

  काठमाडौं: पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पशुपतिनाथको...

कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने

कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने

वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:५४

  एजेन्सी: भारतमा जारी १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)...

सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा नेपाली कांग्रेस

सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा नेपाली कांग्रेस

वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:०५

  काठमाडौं: नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:५६

  काठमाडौं: संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन्...

हेर्नुहोस् आज २०८१ जेठ ८ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ८ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२१

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...