YouTube Link

विवादमा एसपी बढुवा सिफारिस

Facebook Link

 

काठमाडौं: नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो ।

 

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले बुधबार बढुवा सिफारिस सूची सार्वजनिक गरेको थियो । सिफारिस गरिएको सूचीको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरन्जनदत्त भट्ट, सातौंमा राजन लिम्बू र आठौंमा विनोद घिमिरे रहेका छन् ।

 

२०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डिएसपी बढुवा हुँदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री थिए । तर अहिले एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम छुटाइएको छ भने आठौं, नवौं र १२औं नम्बरका पिएसओ भइसकेका अधिकृतहरू सिफारिसमा परेका छन् । त्यस्तै छैटौं नम्बरका डिएसपी पनि छुटेका छन् । ८ दरबन्दीका लागि १२ जना डिएसपी प्रतिस्पर्धामा थिए ।

 

बढुवा सिफारिस समितिले प्रधानमन्त्री र एमाले अध्यक्षका पिएसओ भइसकेकालाई प्राथमिकता दिएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा प्रश्न उठाइएको छ । प्रहरी नियमावली २०७१ को नियम २७ को १ (ग) अनुसार प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक पदका लागि बढुवा समितिको अध्यक्ष प्रहरी महानिरीक्षक हुने व्यवस्था रहेको छ । त्यस्तै गृह मन्त्रालयका सहसचिव सदस्य र महानिरीक्षकले तोकेका व्यक्ति सदस्य सचिव हुन्छन् ।

 

बढुवा समितिले गरेको सिफारिसमा चित्त नबुझेमा निर्णय भएको मितिले ७ दिनभित्र उजुरी दिन सकिने नियमावलीमा उल्लेख छ । अहिलेसम्म बढुवामा नपरेकाले उजुरी गर्ने नगर्ने स्पष्ट छैन ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

वि.सं.२०८२ भदौ ३० सोमवार १३:०५

काठमाडौं: साफ यु-१७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आजदेखि सुरु हुँदैछ...

शीतल निवासमा तीन नवनियुक्त मन्त्रीले लिए शपथ

शीतल निवासमा तीन नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८२ भदौ ३० सोमवार १२:४८

काठमाडौं: तीन नवनियुक्त मन्त्रीले आज शीतल निवासमा आयोजित समारोहमा पद...

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

वि.सं.२०८२ भदौ २९ आइतवार १७:३३

काठमाडौं: भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा...

३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार

३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार

वि.सं.२०८२ भदौ २९ आइतवार १७:१६

काठमाडौः यही भदौ २३ र २४ गते जेन-जी प्रदर्शनपछि सिर्जित...

जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा

जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा

वि.सं.२०८२ भदौ २९ आइतवार १४:२८

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा र परिवारलाई...

नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल

नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल

वि.सं.२०८२ भदौ २९ आइतवार १३:५०

  भ्रष्टाचार र बेथितिविरुद्ध जुरुक्क उठेको जेन-जी पुस्ताले २४ घण्टा...