Rajshow Bivag

प्रसूति गृहबाट बालिका चोरीको कसुरमा तीन जना पक्राउ

Departmant of helth services

काठमाडौं: थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।

 

शुक्राबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ ।

 

पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् ।

 

सहयोगको बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।

 

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

एडीबीको सहयोगमा कोभिड-१९ प्रतिकार्य परियोजनाद्वारा देशभरका १५ स्थानीय तहसँग सहकार्य

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१७

  काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको साना शहरी...

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत, पक्षमा १५७ मत

वि.सं.२०८१ जेठ ७ सोमवार १३:४७

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत...

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

कतारको दोहामा किराँती समुदायले ष्याँदर पिदार, साकेला उभौली पर्व मनाउँदै

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३०

  दोहाः किराँती समुदायको राष्ट्रिय महान् चाड शालिवा ष्याँदर पिदार,...

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

कांग्रेसको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ: प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:१९

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने...

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...