Rajshow Bivag

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा, साना बालबालिकालाई अक्षर चिनाउने दिन, देशभरका सरस्वती मन्दिरमा भीड

Departmant of helth services

 

काठमाडौं: आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । विद्यालयमा साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ । धार्मिक मान्यता अनुसार आज देवी सरस्वतीको जन्मदिन हो । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ ।

 

सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाआराधना गर्ने गर्छन् ।

 

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ‘सरस्वती कवच’को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणवाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले आजकै दिन सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।

 

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।

 

आजदेशभरका सरस्वती मन्दिरमा भीड लाग्नुका साथै विद्यालयमा सरस्वती पूजा भइरहेको छ । सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा र बालबालिकालाई अक्षरारम्भ गराउनेको बाक्लो उपस्थिति छ । अभिभावक पनि विद्याकी देवी सरस्वतीको पूजाआजामा व्यस्त छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...