YouTube Link

व्यापक भ्रष्टाचार हुने देशको सूचीमा नेपाल

Facebook Link

 

काठमाडौं: नेपाल यो वर्ष पनि व्यापक भ्रष्टाचार हुने देशहरूको सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने देशभित्रै परेको हो ।

 

नेपालले व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा रहेर पनि गत वर्षभन्दा केही सुधार गरेको छ । नेपालले गत वर्ष ३४ अंक पाएको अवस्थामा यो वर्ष ३५ अंकसहित केही सुधार गरेको हो । त्यहीकारण नेपाल सुशासनको सवालमा तय गरिएको वरीयतामा दुई स्थान माथि उक्लिएको छ । गत वर्ष नेपाल ११०औँ स्थानमा थियो । तर यस वर्ष १ अंक सुधार गरेकाले १०८औँ वरीयतामा रहन सफल भएको हो ।

 

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपाल ५० भन्दा कम अंक ल्याएर सुशासन कायम गर्न असफल रहेका देशहरूमै परेको छ । नेपाल अझ ३५ अंकमात्रै ल्याउँदै गम्भीर भ्रष्टाचारको समस्यामा झेलिरहेका देशहरूको सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालकी अध्यक्ष पद्यिनी प्रधानांगका अनुसार नेपालमा राजनीतितर्फको भ्रष्टाचारमा केही कमी आएको छ। त्यहीकारण समग्रमा १ अंकको सुधार सम्भव भएको हो ।

 

नेपालको झिनो सुधार देखिँदा छिमेकी भुटान दक्षिण एसियाको कम भ्रष्टाचार हुने मुलुक बनेको छ । भुटानले ६८ अंक पाएको छ । अहिलेको सूचीमा भुटान २६औँ स्थानमा परेको छ । यो क्षेत्रमा अफगानिस्तानमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विश्वका १८० देशहरूलाई समेटेर यो प्रतिवेदन तयार गरेको हो । उक्त संस्थाका अनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देश बनेको छ । सोमालिया सबैभन्दा कम अर्थात ११ अंकसहित सबैभन्दा बढी भ्रष्टाचार हुने देश बनेको छ । ट्रान्सपरेन्सीले शून्य अंक पाउने देश सबैभन्दा धेरै भ्रष्टाचार हुनेमा पर्ने जनाएको छ । यदि १०० अंक ल्याए भ्रष्टाचार नहुने देश दरिने उक्त संस्थाले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...