त्रिशूली नदीमा गाडी खसेको आशंका, खोजी कार्य जारी
वि.सं.२०८० माघ २ मंगलवार ०८:०८
1.6K
shares
चितवन: नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोरको टोली परिचालन गरिएको छ ।
मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा पुलबाट करिब ८५ किलोमिटर तल गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने खुलेको छैन । प्रहरीका अनुसार चितवन प्रहरीको विपत् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजी कार्यमा लागेका छन् ।
सडकको डिलमा भारतीय नम्बर प्लेट भेटिए पनि कस्तो गाडी नदीभित्र खसेको भन्नेबारे यकिन जानकारी भने नआएको प्रहरीले बताएको छ ।
वि.सं.२०८० माघ २ मंगलवार ०८:०८




















