YouTube Link

बारामा यात्रु वाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते

Facebook Link

 

सिमरा: त्रिभुवन राजपथ अन्तर्गत पथलैया-हेटौंडा सडकखण्डमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर छ ।

 

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका करिब २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौंडा उपमहानगरपालिका-३ का करिब ४० वर्षीय हरि शमशेर थापा र पहिचान नखुलेका एक पुरुष रहेका छन् । काकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३-००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो ।

 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुनसरी भाति गाउँपालिका-२ का ३० वर्षीय खिलराज दुलाल, सुनसरी इटहरी उपमहानगरपालिका-४ का ४० वर्षीय सुरेन्द्र गौतम, उनकी श्रीमती ३५ वर्षीया सम्झना गजुरेल उनकी छोरी १२ वर्षीया सोराय गौतम, उनका छोरा तीन वर्षीय सोडनेम गौतम, बसका सहचालक झापा दमकका ३५ वर्षीय नगेन्द्र उप्रेतीको अवस्था गम्भिर छ । उनीहरुलाई थप उपचारका लागि हेटौंडाबाट चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ ।

 

यसैगरी दुर्घटनाका अर्का एक घाईते तनहुँ बन्दिपुर गाउँपालिका-६ का १७ वर्षीय तेजकुमार गुरुङको हेटौंडा अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा सामान्य घाइते भएका यात्रुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि राजमार्गसमेत अवरुद्ध भएको थियो । प्रहरीले घाइतेको उद्धार गरी पठाएपछि राजमार्ग सूचारु गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...