YouTube Link

‘घुमौँ भरतपुर’ नाराका साथ सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउने महानगरको तयारी

नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार गरिने

World Cup 2026
Facebook Link

 

चितवन: ‘नेपाल घुमौ, नेपाल चिनौ’ भन्ने नारा सहित अभियान सञ्चालन गरेको नेपाल सरकारले सन् २०२३-२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार गरिने जनाएको छ ।

 

आन्तरिक पर्यटन प्रवर्द्धन गर्नसरकारले चालु बजेटमा समेत उल्लेख गरेको छ । सोही अवसरमा भरतपुर महानगरपालिकाले सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक भू-बनोट आदिको आधारमा महानगर अन्तर्गत पर्ने प्रमुख गन्तव्यहरूको प्रवर्द्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’नाराका साथ भरतपुर भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ ।

 

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार, विविध प्राकृतिक सम्पदाले समृद्ध भरतपुर महानगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाको प्रचार-प्रसार गरी पर्यटकको सङ्ख्या र बसाइँ अवधि वृद्धि गर्ने उद्देश्यले महानगरले निजी क्षेत्रसँगको सहकार्यमा पहिलो पटक भ्रमण वर्षको अभियान सञ्चालन गर्ने भएको हो ।

 

महानगरले यही पुष १६ गते भ्रमण वर्ष उद्घाटन गर्ने भएको छ । सोही अवधिमा पाँच लाख आन्तरिक र दुई लाख बाह्य गरी सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटकलाई आकर्षण र व्यवस्थापन गरी महानगरको लक्ष्यलाई साकार पार्न पर्यटन व्यवसायलगायत नीजि क्षेत्रको ठूलो भूमिका रहनेछ ।

 

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्षलाई सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपुर्ण रहेको बताए । पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरी यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न जरुरी छ । पर्यटकलाई आकर्षण र व्यवस्थापन गर्नमा ठूलो भूमिका निर्वाह गरेका पर्यटन व्यवसायीको महत्वपुर्ण साथ सहयोगबिना भ्रमण वर्ष अपुरो हुने महशुस हुनेमा उनको भनाई छ ।

 

चित्रसेन अधिकारी, उपप्रमुख, भरतपुर महानगरपालिका

 

भ्रमण वर्षको लाभ केवल महानगरपालिकाको मात्र नभई समग्र मुलुकको आर्थिक समृद्धिको लागि हुने भएकोले निजी क्षेत्र, स्थानीय तह लगायत सबै पक्षको सहकार्य, समन्वयनमा भ्रमण वर्षलाई सम्पन्न गरी यस क्षेत्रलाई पर्यटकीय सहरका रूपमा परिचित गराउन सकिनेमा उनको भनाई छ ।

 

आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकबीचको आर्थिक तथा सांस्कृतिक विविधताअनुरुप होटल व्यवसायीले सेवा सुविधामा व्यवस्थापन गर्न आवश्यक रहनेमा उनले जोड दिए ।अतिथि सत्कार र व्यवस्थापन गर्नु हाम्रो पहिलो विषय हो । भ्रमण वर्ष सफल र सभ्य बनाउन पर्यटकको आर्थिक तथा सांस्कृतिक विविधताअनुरुप खान बस्नको व्यवस्थापन गर्ने जिम्मेवारी सहजतापूर्वक बहन गरी सकारात्मक सन्देश प्रवाहमा जोड दिनुपर्ने उनको भनाई छ । भ्रमण वर्षको अन्तिम तयारीमा रहेको महानगरमा सडक निर्माण, सौन्दर्यता लगायतका केही काम बाँकी रहेकोमा तिब्र रुपमा सम्पन्न गर्न महानगर तत्पर रहेको उनको भनाई छ ।

 

होटल व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले आगन्तुक पर्यटकलाई सेवासुविधामा कुनै कमी हुन नदिने बताए ।उनले भने’हाम्रो क्षमताले भ्याएसम्म महानगरको साथमा रही भ्रमण वर्षलाई नमुनाको रुपमा अगाडी बढाउन हामी प्रतिवद्ध छौँ । सबैको सहकार्य र समन्वयनमा चितवन आउने पर्यटकलाई गुणस्तरीय आतिथ्यता प्रदान गरी खान, बस्नको लागि कुनै कमी हुन दिने छैनौँ ।’

 

विनायक शाह, केन्द्रीय अध्यक्ष, होटल व्यवसायी संघ नेपाल

 

महानगरका पर्यटन विज्ञ सल्लाहकार डा.विश्व सुवेदीले आर्थिक समृद्धिको लागि यस अभियान आवश्यक रहेको भन्दै भ्रमण वर्षलाई प्रभावकारी बनाउन, पर्यटन क्षेत्रको प्रवर्द्धन र विस्तार गर्न, सम्भावित स्थानको प्रचारप्रसार गरी अर्थपूर्ण ढङ्गले पर्यटक सङ्ख्या वृद्धि गर्नु भ्रमण वर्षको लक्ष्य रहेको बताए । मध्य नेपालको उत्कृष्ट गन्तव्यका रूपमा रहेको चितवनको भरतपुर महानगरपालिका ‘भ्रमण वर्ष’मा प्रमुख पर्यटकीय गन्तव्यमा मेघौली, बीसहजार ताल, कसरा, सीतामाई क्षेत्र, अठ्ठाइस हजार ताल, नारायणी सि विच मोडल, राइनो ताल, महाबौद्ध गुम्बा, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्र, देवीस्थान पार्क, कृषि पर्यटनका मुख्य क्षेत्रलगायतका गन्तव्य रहेका छन् ।

 

डा. विश्व सुवेदी, पर्यटन विज्ञ तथा सल्लाहकार, भरतपुर महानगरपालिका

 

भ्रमण वर्षमा निकुञ्ज तथा सामुदायिक वनमा दुर्लभ वन्यजन्तु चराचुरुङ्गी आदिको अवलोकन, हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर, सांस्कृतिक कार्यक्रम तथा रैथाने खाना, संग्राहालय अवलोकन, सूर्योदय तथा सूर्यास्त दृश्वावलोकन, होटल तथा रेष्टुरेन्ट सेवामा विशेष छुटको व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलन तथा प्रर्दशनी, कृषि र्फम अवलोकन, वन्यजन्तु उद्धार केन्द्र अवलोकनलगायतका क्रियाकलाप निरन्तर आयोजना गरिनेमहानगरले जनाएको छ ।

 

कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क संग्राहालय, विमानस्थल, हुलाकी मार्ग, पूर्व–पश्चिम राजमार्ग, होटेल, रिसोर्टजस्ता पर्यटन विकासका क्षेत्र रहेका छन् । महानगरको यस भ्रमण वर्षको अभियनमा नेपाल सरकार, बाग्मती प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पर्यटन संवद्ध सरकारी तथा गैरसरकारी गरी विभिन्न संघसंस्थाको सहयोग रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...