YouTube Link

प्राइम एसोसियसनलाई एपोलो इन्फ्र्याच ग्रुपको एकमात्र आधिकारिक विक्रेताको जिम्मेवारी

Facebook Link

 

काठमाडौं: लामो समयदेखि अटोमोबाइल्स, रोड, भवन तथा पुल निर्माणमा आवश्यक उपकरण बिक्रि गर्दै आएको प्राइम एसोसियसन प्रा.लि.ले एपोलो इन्फ्र्याच ग्रुपको आधिकारिक विक्रेताको जिम्मेवारी पाएको छ ।

 

प्रा.लि.ले एपोलो इन्फ्र्याच ग्रुप, जोइन्टभेन्चर कारमिक्स इटली, पार्करल्पान्ट लिमिटेड युके, अप्याच इन्डिया, जेनिथ जर्मनी र Hawkeye Pedershaab USA  का आधुनिक प्रविधि प्रयोग गरी उत्पादन गरिएका निर्माण सम्बन्धी अत्याधुनिक उपकरण प्लान्ट तथा पार्टपुर्जाहरु नेपालका लागी एकमात्र आधिकारी बिक्रेताको जिम्मेवारी पाएको हो ।

 

एपोलो इन्फ्र्याच ग्रुप अन्तर्गत विगत ४० वर्षदेखि सडक पूर्वाधार निर्माणमा अग्रणी स्थान रहेको एपोलो गुजरातले नेपाल लगायत भुटान, बंगालादेश, श्रीलङ्का र अफ्रिकामा आफ्नो उत्पादन बिक्रि गर्दै आएकोमा सन् २००८ देखि Concrete  र Asphalt सम्बन्धी आधुनिक उपकरणको समेत सुरुवात गरेको कम्पनीले जनाएको छ ।

 

‘गुणस्तरिय निर्माणमा हाम्रो अनिवार्य सहभागीता’ भन्ने लक्ष्यका साथ अघि बढेको एपोलो इन्फ्र्याच ग्रुपले एपोलो कारमिक्स (सेल्फ लोडिङ कङ्क्रिट मिक्चर), कङ्क्रिट व्याचिङ प्लान्ट, कङ्क्रिट पावर, अस्फाल्ट व्याचमिक्स प्लान्ट, ड्रममिक्सप्लान्ट, अस्फाल्ट पावर, ब्रुमर, बिटुमिन डिस्ट्रीव्यूट, ब्लक टायल, कङ्क्रिट पाइपलगायत उपकरणहरु उपलब्ध गराउँन सकिने प्राइन एसोसियसन प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक दिपक आचार्यले बताए ।

 

काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर उक्त कम्पनीले आफ्ना उपकरणका बारेमा जानकारी दिएको हो । औधोगिक प्रतिष्ठान, पुल, सडक, हाइड्रोपावर, फ्लाईओवर, हस्पीटल, होटल लगायतको भौतिक निर्माणमा उक्त मेसिनहरु अति उपयोगी हुने अध्यक्ष आचार्यको भनाई छ । उक्त उपकरण बिक्रिसँगै एपोलो इन्फ्र्याच ग्रुप र प्राइन एसोसियसन प्रालिले आफ्ना ग्रहकहरुलाई एक वर्षको वारेन्टी सहित सम्पूर्ण स्पेयर पार्टहरु शुलभ र सहजरुपमा उपलब्ध गराउनुका साथै मर्मत सम्भारका लागी समेत सेवा प्रदान गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरे ।

 

उक्त प्रा.लि.ले नेपालमा गुणस्तरीय र प्रभावकारी सेवामा कुनै कमी नहुने दाबी गरेको छ । यसको कार्यालय कोटेश्वरमा रहेको बताइएको छ । यी उपकरणहरु ठूला विकासका पूर्वाधार निर्माणमा प्रभावकारी हुने र अन्य कुनै कम्पनीहरुले प्रतिष्पर्धा नै गर्न नसक्ने भएकाले अहिले प्राइम एसोसियसन प्रा.लि.ले मात्रै आधिकारीक बिक्रेताको नियुक्ति पाएको अध्यक्ष आचार्यले दाबी गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...