YouTube Link

पहिचानवादी नेता एवं पूर्वमन्त्री किरातीसहित आन्दोलनकारी पक्राउ

Facebook Link

 

खोटाङ: नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै पहिचानवादी नेता एवं पूर्वमन्त्री गोपाल किराँती सहित पहिचनावादीको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

 

नेकपा एमालेको मध्यपहाडी अभियानमा अवरोध गर्ने गरी आन्दोलनमा उत्रिएर प्रदेश बन्द गराउँदै हिँडेका उनीहरूलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार बन्द गराउँदै सवारी साधनलाई अवरोधमा उत्रिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचानको नाममा आन्दोलन थालिएको हो । एमालेको अभियान रामेछापको मन्थली हुँदै मंगलबार सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुरतिर प्रवेश गरिरहँदा पहिचनावादी आन्दोलनमा उत्रिएका हुन् ।

 

उनीहरूले पूर्वनिर्धारित कार्यक्रम भन्दै एमालेको कार्यक्रमलाई अवरोध प्रयास गरेका छन् । एमालेको कार्यक्रमलाई प्रभावित गर्ने गरी बन्दसमेत गर्दै हिँडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो । उता भोजपुमा पहिचानवादीहरूको सङ्घर्ष समिति संयोजक बिदुर राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 

आन्दोलनमा उत्रिएका नेता कार्यकर्तालाई धरपकड गरेपछि पहिचानवादीहरूले जेल भराउ अभिायन चलाउने चेतावनी दिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...