पहिचानवादी नेता एवं पूर्वमन्त्री किरातीसहित आन्दोलनकारी पक्राउ
वि.सं.२०८० मंसिर २६ मंगलवार १३:१५
खोटाङ: नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै पहिचानवादी नेता एवं पूर्वमन्त्री गोपाल किराँती सहित पहिचनावादीको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा एमालेको मध्यपहाडी अभियानमा अवरोध गर्ने गरी आन्दोलनमा उत्रिएर प्रदेश बन्द गराउँदै हिँडेका उनीहरूलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार बन्द गराउँदै सवारी साधनलाई अवरोधमा उत्रिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचानको नाममा आन्दोलन थालिएको हो । एमालेको अभियान रामेछापको मन्थली हुँदै मंगलबार सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुरतिर प्रवेश गरिरहँदा पहिचनावादी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले पूर्वनिर्धारित कार्यक्रम भन्दै एमालेको कार्यक्रमलाई अवरोध प्रयास गरेका छन् । एमालेको कार्यक्रमलाई प्रभावित गर्ने गरी बन्दसमेत गर्दै हिँडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो । उता भोजपुमा पहिचानवादीहरूको सङ्घर्ष समिति संयोजक बिदुर राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आन्दोलनमा उत्रिएका नेता कार्यकर्तालाई धरपकड गरेपछि पहिचानवादीहरूले जेल भराउ अभिायन चलाउने चेतावनी दिएका छन् ।
वि.सं.२०८० मंसिर २६ मंगलवार १३:१५