YouTube Link

भारतको पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु

Facebook Link

 

काठमाडौं: भारतको पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि सुरु भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्य किरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका ३५४ जना सहभागी छन् ।

 

हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यास अन्तर्गत विषम परिस्थिति, पहाडी एवं विकट स्थानमा मानवीय सहयोग परिचालन तथा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिने फौजले अपनाउनुपर्ने पूर्वसतर्कता, चित्कित्सकीय प्रशिक्षण, वायुसेवा तथा उड्डयनका विविध पक्ष, पर्यावरण संरक्षण, प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकला सम्बन्धी व्यावहारिक ज्ञान दिइने छ ।

 

द्विपक्षीय सैन्यअभ्यासबाट नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा दुवै मुलुकका सेनाको सहकार्य, साझेदारी एवं साझा सुरक्षा चासो सम्बोधन गर्न योगदान पुग्ने विश्वास नेपाली सेनाले गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...