भारतीय प्रधानमन्त्री मोदी कालापानीमा, नेपालको प्रशासन बेखबर

 

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्रनाथ मोदी बिहीबार बिहानै नेपाली भूमि कालापानी क्षेत्र पुगेका छन् । कैलाश पर्वतको दर्शन गर्न मोदी नेपाली भूमि कालापानी क्षेत्रमा पुगेका हुन् । यसबारे भारतीय पक्षले नेपाललाई कुनै औपचारिक जानकारी गराएको छैन ।

 

भारतले प्रधानमन्त्री मोदीको भ्रमणबारे औपचारिक जानकारी नदिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । हेलिकप्टरबाट मोदी साढे ८ बजे अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङकोङ उत्रिएका थिए ।

 

कैलाश दर्शनपछि चुच्चे नक्सामा समेटिएको नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यु, गब्र्याङ गाउँवासीसँग सामान्य छलफल गर्ने कार्यक्रम छ ।

 

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस फोर्स (आईटीबीपी), सशस्त्र सीमा बल (एसएसबी) र अन्य सुरक्षा निकायका अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम पनि छ । भारतीय सञ्चारमाध्यमका अनुसार मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम छ ।

 

प्रधानमन्त्री मोदीसँग उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्रमा छन् । भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ ।

 

नेपालको अनुमतिबिनै त्यस क्षेत्रमा भारतले सडक, बंकर, ब्यारेकलगायत सामरिक योजनाअन्तर्गतका पूर्वाधार पनि बनाइरहेको छ । भारतको राजधानी नयाँ दिल्लीबाट तिब्बतको मानसरोवर जाने सबैभन्दा छोटो दूरीको बाटो यही क्षेत्रमा पर्दछ ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...