एसियाली छनोट चरणमा आज नेपालले लाओससँग खेल्दै
वि.सं.२०८० असोज २५ बिहीवार ०७:०७
काठमाडौं: फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपालका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै बुधबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका थिए । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यू रोड टिमका फरवार्ड सञ्जिव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
नेपालको पहिलो चरणको दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ । फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम-एण्ड-अवे खेल्नेछन् । त्यसमध्येका दश विजेताले छनोटको दोस्रो चरणमा पुग्ने छन् । दोस्रो चरणको छनोट समूह चरणको ढाँचामा हुनेछ ।
नेपाली फुटबल टोली
गोलकिपर: किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डर: सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ
मिडफिल्डर: एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी
फरवार्ड: अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट
वि.सं.२०८० असोज २५ बिहीवार ०७:०७