YouTube Link

एनआरएनए अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठको टिम बलियो बनाउँदै, प्यानल सहित चुनावी अभियानमा

Facebook Link

 

काठमाडौं: गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ महाधिवेशन नजिकिँदै जाँदा टिम बलियो बनाउन अध्यक्षका प्रत्याशीहरू सक्रिय भएका छन् ।

 

संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेसँगै आफ्नो टिमलाई बलियो बनाउने प्रयास थालेका छन् । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्र पाँच जनाको दाबी छ । भदौ २९ मै ललितपुरको हिमालय होटेलमा भव्य समारोहकाबीच अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टिम थप सशक्त र बलियो बनाउँदै लगेका छन् ।

 

संस्थाको दोस्रो प्रभावशाली पद मानिएको महासचिवमा गंगाधर गौतमले वुद्धिसागर सुवेदीलाई समर्थन गरेपछि टिम महेशलाई महासचिव पद व्यवस्थापन सहज भएको छ । त्यस्तै उपाध्यक्ष पदमा बलिया मानिएका प्रत्याशीहरू टिम महेशमा जोडिएका छन् । लामो समयको छलफल र सहमति पछि बलियो पृष्ठभूमि र प्रभावशाली सञ्जाल भएका उपाध्यक्षका दाबेदारहरू टिम महेशलाई समर्थन गर्न राजी भएका हुन । विधानमा ६ जना खुला र एक महिला उपाध्यक्षको व्यवस्था छ । जस अनुसार ६ खुल्ला उपाध्यक्ष पदमा लगभग सहमति जुटेको छ । महिला र युवा उपाध्यक्षमा पनि सहमति जुटाउने प्रयास जारी रहेको अध्यक्षका प्रत्याशी महेश श्रेष्ठको सचिवालयले जनाएको छ ।

 

महेशको टिमबाट डा. केशव पौडेल, सुनिल साह, गंगाधर गौतम, नारायण आचार्य र राजु रेग्मी ‘राज’ ले उपाध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ । अन्य पदमा पनि क्षेत्र, लिङ्ग साथै समावेशीका आधारमा उम्मेदवारी टुङ्गो लगाउने कसरत जारी छ । महेशको टिम व्यवस्थापन र उम्मेदवारको टुङ्गो लगाउन एनआरएनएका संस्थापकहरू, पूर्व अध्यक्षहरू र विशिष्ट पहिचान बनाएका एनआरएनएका अग्रज अभियन्ताहरूले कसरत गरिरहेका छन् ।

 

१०औँ महाधिवेशन ताका विभाजित जस्तै बनेको एनआरएनएलाई एकताबद्ध बनाएर लैजान संस्थापक एवम् पूर्व अध्यक्षहरूले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । १०औँ महाधिवेशनमा कार्यकारी पदमा अवसर पाएका पदाधिकारीहरूले यस पटक नदोहोर्‍याउन र संस्थालाई एक ढिक्का बनाएर लैजाने गरी संस्थापकहरूले आन्तरिक कसरत गरिरहेको बुझिएको छ । समय दिन सक्ने साथै निस्कल‌ंकित व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन उनीहरूको जोड छ ।

 

समुन्नत नेपाल, सम्मानित गैर आवासीय नेपाली’ भन्ने मूल नाराका साथ टिम महेश चुनावी प्रतिस्पर्धामा छ । संस्थाको नीतिगत सुधारका लागि उनले पाँच बुँदे योजना अघि सारेका छन् । एक साता अघि मात्र जापान भ्रमण सकेर अध्यक्षका उम्मेदवार श्रेष्ठ र महासचिवका उम्मेदवार सुवेदी हाल मध्य पूर्वी एसियाको भ्रमणमा निस्किएका छन् ।

 

एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रमा बस्ने डेलिगेट्स वा गैर आवासीय नेपालीहरूमाझ आफ्नो पक्षमा समर्थन जुटाउन, योजना बनाउन साथै सल्लाह र सुझाव लिन श्रेष्ठ र सुवेदी भ्रमणमा निस्केका हुन् । एनआरएनएको चुनाव अक्टोबर १९ मा काठमाडौँमा हुँदै छ । नयाँ नेतृत्व चयनका लागि यस पटक इ–भोटिङ र फिजिकल दुवैको व्यवस्था गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...