YouTube Link

टोखा-छहरे सुरुङमार्ग र चक्रपथको काम अगाडि बढाउने दुई देशबीच सहमति

Facebook Link

 

काठमाडौं: नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग र काठमाडौंको चक्रपथको दोस्रो चरणको काम सुरु गर्ने सहमति भएको छ ।

 

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपश्चात जारी गरेको १३ बुँदे संयुक्त वक्तव्यमा पूर्वधार विकास, जलविद्युत र अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने सहमति भएको उल्लेख छ। यो अन्तरदेशीय प्रसारणलाइनअन्तर्गत नेपालतर्फको चिलिमे हबमा तिब्बतको जिलोङबाट विद्युत् प्रसारलाइन जोडिने छ ।

 

संयुक्त वक्तव्यमा चीनले नेपाललाई प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)लाई नेपालले समर्थन गर्ने उल्लेख छ । यसैगरी संयुक्त वक्तव्यमा किमोथान्का र ओलङचुङगोलामा बन्दरगाह खोल्ने सहमति भएको छ ।

 

नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मतसम्भार आयोजनाको चौथो चरणको काम सुरु र स्याफ्रुबेसी–रसुवागढी राजमार्गको मर्मतको काम चाँडो सुरु गर्न चिनियाँ पक्ष तयार भएको छ । जिलोङ/केरुङ-काठमाडौं क्रस-बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै चीन-नेपाल रेलवे सहयोगसम्बन्धी आठौं कार्य बैठक यथाशीघ्र आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ । चिनियाँ पक्षले नेपालका रेलवे व्यवसायीलाई तालिम दिन सहयोग गर्ने जनाइएको छ ।

 

यसैगरी दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच भएको सहमति अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएकोले चीनबाट पोखरा उडान गर्ने सहमति भएको छ। हवाई मार्गहरू पुन: सुरु गर्दा व्यापार र आर्थिक अन्तर्क्रिया र जनता-बीचमा सहजीकरण गर्न सहज हुने वक्तव्यमा उल्लेख छ ।

 

यस्तो छ संयुक्त वक्तव्य…

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...