यी स्थानमा आज साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने
वि.सं.२०८० भदौ १६ शनिवार ०७:१०
2K
shares
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौं र ललितपुरका केही स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणले काठमाडौंका कुलेश्वर र रत्नपार्क तथा ललितपुरका लगनखेल र पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुने विद्युत् शनिबार बिहान १० बजेदेखि साँझ ६:३० बजेसम्म बन्द हुनसक्ने बताएको छ ।
टेकु सब स्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरमा वैकल्पिक व्यवस्था गरेको जनाएको छ ।
वि.सं.२०८० भदौ १६ शनिवार ०७:१०




















