चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै
वि.सं.२०८० भदौ १६ शनिवार ०६:५८
2.4K
shares
एजेन्सीः एसिया कप अन्तर्गत आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । यी दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ ।
एसिया कपको मूल आयोजक पाकिस्तान भएपनि भारतले त्यहाँ गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल हुन लागेको हो । भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ ।
एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ । समूह चरणमा पहिलो खेल खेलेपछि उनीहरू सुपर फोर र फाइनलमा भिड्ने सम्भावना छ ।
यसका लागि समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंकामध्ये दुई टिमलाई हराउनु पर्ने हुन्छ ।
इंग्ल्याल्याण्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत–पाकिस्तान पहिलोपटक एकदिवसीय खेलमा भिड्न लागेका हुन् ।
गत वर्षको टी–२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए । पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेलमा भारतलाई पाँच विकेटले नै हराएको थियो ।
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन् ।
वि.सं.२०८० भदौ १६ शनिवार ०६:५८




















