YouTube Link

निषेधाज्ञाले धरान बजार सुनसान, प्रवेश नाकामा ठूलो संख्यामा सुरक्षाकर्मीको कडा निगरानी

Facebook Link

 

सुनसरी: धार्मिक अभियन्ताको प्रदर्शनमा सामाजिक सद्‌भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ ।

 

धार्मिक सद्‌भावमा खलल आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरानका धेरै क्षेत्रमा आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । धरान प्रवेश गर्ने मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

 

प्रहरीले सुनसरीको धरानतर्फ जाने सवारीसाधनलाई इटहरीमै रोकेको छ । यात्रुवाहक र हलुका सवारी पनि रोक लगाइएको छ । मोटरसाइकल पनि चल्न रोक लगाइएको छ । ‘गोरुको मासु खाँदै गरेको’ फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिन्दुवादीहरुले त्यसको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

 

 

निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन् । सडकहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

 

गौहत्याको विरोधमा हिन्दुवादीहरुले प्रदर्शन गर्न थालेपछि सम्भावित खतरालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो । यसैबीच इटहरीमा धार्मिक अभियन्ताले प्रदर्शन गरेका छन् । हिन्दु अभियानले सामाजिक सद्‌भाव कायम राख्न भन्दै प्रदर्शन गरेको हो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...