YouTube Link

अन्तर्राष्ट्रिय गिरोह खोज्न सीआईबीले माग्यो इन्टरपोलको सहयोग

Facebook Link

 

काठमाडौं: राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्टरपोलको सहयोग मागेको छ ।

 

हङकङबाट तस्करले भित्र्याएको सुन तस्करीमा चिनियाँ र भारतीय नागरिक पनि जोडिएपछि सीआईबीले इन्टरपोलको सहयोग मागेको हो । यस्तै यी देशका प्रहरीसँग पनि समन्वय गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

 

सीआईबीले नेपालमा सुन तस्करीमा संलग्न केही चिनियाँ देश फर्किसकेको पाइएपछि त्यहाँको पनि सहयोग लिन इन्टरपोल शाखा मार्फत इन्टरपोललाई पत्राचार गरेको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६० किलो सुन हङकङबाट ब्रेक प्याडमा भित्रिएको थियो । भन्सार जाँच पास भइसकेको अवस्थामा राजस्वले बरामद गरेर गिरोहका केही सदस्यलाई तत्काल पक्राउ गरेको थियो ।

 

यो प्रकरणमा भन्सारका कर्मचारी, भन्सार एजेन्ट, केही नेपाली गिरोह र चिनियाँ गिरोहका ७ जना पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परिसकेका छन् । यस्तै थप केही चिनियाँसहितको संलग्नता पुष्टि भए पनि उनीहरु फरार छन् ।

 

यस्तै चिनियाँ गिरोहका भारतीय प्रेमिकालाई पनि सीआईबीले पक्राउ गरेको छ । अहिलेसम्म उनीहरुको सुन तस्करीमा संलग्नता नखुले पनि थप अनुसन्धान भइरहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । यसअघि भारतमा सुन तस्करीमै पक्राउ परेर सजाय भुक्तान गरेर छुटेकाहरु पनि नेपालमा सुन तस्करीमा संलग्न रहेको पाइएपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीले भारतीय प्रहरीसँग पनि छुट्टै समन्वय गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...