YouTube Link

त्रिशूलीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

Facebook Link

 

काठमाडौं: काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा ६ जना पुरुष र २ जना महिला रहेका छन् ।

 

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहरामा सडकबाट करिब ४० मिटर तल नदीमा खसेको हो ।

 

घटनास्थलमा अहिले उद्धार कार्य जारी छ । उद्धारमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र ट्राफिक प्रहरी खटिएका छन् । बसबाट ८ जनालाई उद्धार गरि नजिकको अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

 

प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकबाट खसेको थियो । बसका चालक सहचालक को हुन् र बसमा कति जना यात्रु थिए भन्ने बारे अहिलेसम्म यकिन भएको छैन । बसको आधा भाग पानीमा डुबेकाले त्यहाँ केही यात्रु च्यापिएको हुनसक्ने र केही उछिट्टिएर नदीमा बगेको हुनसक्ने आशंका गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...