YouTube Link

कोशी प्रदेश सरकारविरुद्ध एमाले आज सर्वोच्च जाँदै

Facebook Link

 

काठमाडौं: कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ । सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो ।

 

संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावली विपरीत भएको एमालेले बताएको छ । अहिलेको सरकार असंवैधानिक भन्दै खारेज गर्न र ठूलो दलका हिसाबले एमालेको सरकार बनाउन माग गर्दै रिट दायर गर्न लागिएको कोशी प्रदेश एमाले दलका उपनेता रामबहादुर राना मगरले बताए ।

 

यसअघि गएको असार २२ पनि एमाले अदालत गएको थियो । सभामुखको समेत हस्ताक्षर लिएर सरकारमा दाबी गरेको भन्दै अदालत पुगेको एमालेको मुद्दामाथि सुनुवाइ गर्दै उद्धव थापाको नियुक्ति सर्वोच्चले बदर गरिदिएको थियो । त्यसपछि पुनः भएको सरकार गठनमा कांग्रेस संसदीय दलका नेता थापा २७ दिनभित्र दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका थिए ।

 

यसैबीच आजै कोशी प्रदेशसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसभन्दा पहिले कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे बस्नेछ । कार्यव्यस्था परामर्शको समितिको बैठकबाट आजका एजेण्डा तय हुने कोशी प्रदेश सचिवालयले जानाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...