Texas College
YouTube Link

एक सय नर्सका लागि बेलायतमा रोजगारीको आवेदन खुला

Facebook Link

 

काठमाडौं: नेपाल र बेलायतबीच भएको श्रम समझदारी अनुसार बेलायतमा रोजगारी गर्न जान चाहने नेपाली नर्सहरूका लागि रोजगार आवेदन खुलेको छ ।

 

समझदारी अनुसार तोकिएको मापदण्ड पुगेका एक सय नेपाली नर्सलाई लैजाने गरी २० जुलाई अर्थात् असार ४ गतेदेखि आवेदन खुलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

 

पहिलो चरणमा परीक्षणको रूपमा बेलायतले त्यहाँको स्वास्थ्य क्षेत्रमा एक सय जना लैजाने छ । सरकारी प्रक्रियामार्फत नै नेपालबाट नेपाली नर्स लैजान नेपाल र बेलायतबीच सन् २०२२ को अगस्टमा श्रम समझदारी भएको हो । मन्त्रालयका अनुसार दुई देशबीच भएको यो समझदारी कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रिया थालिएको हो ।

 

आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट https://ferms.dofe.gov.np/ukhealth मार्फत दिन सकिन्छ ।

 

आवश्यक योग्यता

बेलायत रोजगारीका लागि आवेदन दिन नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएको हुनुपर्छ । उमेर हदमा भने कुनै सीमा तोकिएको छैन । आवेदन महिला र पुरुष दुवैले दिन सक्नेछन् ।

 

स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन गरेकाहरुले आवेदन दिन पाउछन् । त्यस्तै आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अङ्क ल्याएको हुनुपर्नेछ । यसका साथै कुनै आपराधिक रेकर्ड नभएको, यसअघि बेलायतमा गैरकानुनी रूपमा काम नगरेको हुनुपर्छ ।

 

पाउने सेवा सुविधा

नेपाल सरकार र बेलायत सरकारबीच जीटूजी प्रक्रिया अनुसार श्रमिकहरू जाने भएकाले छनौट भएर जानेहरूले शुल्क तिर्न नपर्ने व्यवस्था दुई देशबीच भएको समझदारीले गरेको छ ।

 

छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा ओएससीई उत्तीर्ण हुनुपर्नेछ । यसका लागि उनीहरूलाई तीन पटकसम्म परीक्षामा सामेल हुने मौका दिइने मन्त्रालयले जनाएको छ ।

 

बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने छन् । । बेलायतको कानुन अनुसार लाइसेन्स लिएपछि पारिश्रमिक र सेवा सुविधा थप बढ्न सक्छ ।

 

यो भर्ना प्रक्रियालाई नेपाल र बेलायतले पाइलट परीक्षणको रूपमा लिएको छ । भर्नाको सबै प्रक्रिया वैदेशिक रोजगार विभाग र ह्म्यासपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेले गर्ने छन् । दुई देशबीच भएको श्रम समझदारी अनुसार भर्ना प्रक्रियामा रोजगारदाता, कुनै संस्था वा म्यानपावर कम्पनी वा कुनै पनि एजेण्टको भर्ना प्रक्रियामा समावेश हुने छैन ।

 

नेपालबाट गएको नर्सहरूले बेलायतमा त्यहाँका स्वास्थ्यकर्मी सहर अधिकार, सेवा सुविधा, सुरक्षा र सम्मान पाउनेछन् । यो चरणमा भएका सिकाइहरूको आधारमा आउँदा दिनहरूमा भर्ना प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने श्रम मन्त्रालयले जनाएको छ ।

 

बेलायतमा हप्ताको साढे ३७ दिन काम गर्न पर्छ भने बेलायत सरकारको नियम अनुसार ओभर टाइम पाइने  छ। काम गर्ने अवधि तीन वर्षको हुने छ भने त्यसमा बढाउन मिल्ने विकल्प पनि हुन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...