YouTube Link

लिखुखोला हाड्रोपवार आयोजना प्रभावितले बुझाए कोशी प्रदेश सभामुख गौतमलाई एक बुँदे मागपत्र

Facebook Link

 

ओखलढुंगाः पिके हाइड्रोपावर प्रा.लि.ले हचुवामा बनाएको आइइ प्रतिवेदनले रावादोलु, काती र खिजीका नागरिकहरुलाई सम्बोधन नगरेको भन्दै आन्दोलित खिजीकातीका प्रभावितहरुले आज कोशी प्रदेश सभामुख बाबुराम गौतमलाई एक बुँदे मागपत्र बुझाएका छन् ।

 

‘कोशी प्रदेश सभामुख काठमाडौं आएको मौकामा हामी खिजीदेम्बा वडा नं ३, ४ र ७ का नागरिकको तर्फबाट ५७० जनाको हस्ताक्षरसहित कोशी प्रदेशका सभामुख ज्युलाई पुनः प्रारम्भिक वातावरण परीक्षण अध्ययन गर्न मागपत्र बुझाएका हौं’ लिखुखोला जलविद्युत आयोजनाका प्रभावितहरुको संघर्ष अभियान्ता कमल सुनुवार बताए ।

 

‘पुनः प्रारम्भिक वातावरण परीक्षण गर्नुपर्ने’ कारण सहितको मागपत्र बुझ्दै कोशी प्रदेश सभामुख बाबुराम गौतमले भने, ‘मैले वातावरण परीक्षण हेर्न पाएको छैन तर तपाईको पत्रमा उल्लेख भए अनुसारको अवस्था वातावरण परीक्षण प्रतिवेदनमा उल्लेख भएको हो भने पिके हाइड्रोपावरले नागरिकको मानवाधिकारलाई कुल्चेर जलविद्युत उद्योग सञ्चालन गर्न सक्दैन । मेरो तर्फबाट सक्दो सहयोग हुन्छ । यस किसिमको कुनैपनि कमीकमजोरी हुन नदिन प्रदेश मन्त्रालय र संघको उर्जा मन्त्रालयमा समेत बुझेर तपाइँहरुलाई परेको समस्या माथि कारवाही अगाडि बढाउन पहल गर्ने छु ।’

 

यसैबीच झोलामा खोला बोकेर लुक्दै हिडेको पिके हाइड्रोपावरलाई खिजीदेम्बा गाउँपालिका, ओखलढुंगाले खिजीदेम्बा वडा नं. ३ खिजी, वडा नं. ४ काःत (काती) र वडा नं. ७ रावादोलुका नागरिकहरुसँग एफपीक नगरी वातावरण प्रतिवेदन तयार गरी जलविद्युत उद्योगले पुर्याउने असरको न्युनिकरणको यथार्थ अवस्थाहरु परिक्षण नगरी जलविद्युत आयोजना सञ्चालन गर्न लागेको भनेर कातीका नागरिकहरु आन्दोलित तथा भयभित भएको हुँदा यथार्थ विवरण के हो ? गाउँपालिकालाई जति सक्दो वातावरण परीक्षणको प्रतिवेदन बुझाउन र प्रभावित नागरिकले राखेको ‘पुनः वातावरण परिक्षण गर्न’ हाइड्रोपावरलाई ध्यानाकार्षण पत्र दर्ता गराएको छ ।

 

आन्दोलित खिजीदेम्बा वडा नं. ४ का प्रभावित नागरिकहरुको प्रतिनिधित्व गर्दै सामाजिक सञ्जाल मार्फत आम नागरिकहरुलाई यथार्थ जानकारी पस्किँदै आएका लिखु खोला जलविद्युत आयोजनाबाट प्रभावितहरुको तर्फबाट पिके हाइड्रोपावर प्रा.लि.का अध्यक्ष राजेन्द्र प्रसाद तिवारीलाई ५७० जनाको हस्ताक्षरसहित ‘पुनः प्रारम्भिक वातावरण परिक्षण गर्न’ १ बुँदे मागपत्र बुझाइएको प्रभावित नागरिकको संघर्ष अभियानका अभियान्ता किशोर सुनुवारले बताए ।

 

‘मागपत्र बुझ्दै अध्यक्ष तिवारीले गम्भीर त्रुटी भएको स्वीकार गरे ।  हालको प्रारम्भिक वातावरण परीक्षण संशोधन गरिने वचन व्यक्त गर्नुभयो । हाम्रो माग संशोधन होइन प्रत्यक्ष प्रभावित गाउँ रावादोलु, काती, खिजी, प्रिती र कुँबु कास्थलीमा गएर नै स्थलगत पुनः प्रारम्भिक वातावरण परिक्षण गर्नुपर्ने माग गरेका छौं ।’ मागपत्र बुझाउन गएका संघर्षरत अभियानका सदस्य दिलबहादुर भुजेलले बताए । उनले अगाडि थपे अब हामी संघ तथा प्रदेश सांसदलाई समेत भेटेर हाम्रो यथार्थ अवस्था जानकारी गराउने छौं ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...